आज :

रावलपछि ओलीका विश्वास पात्र प्रदिप ज्ञवालीले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशनमा चुनावी प्रक्रिया सुरु भएको छ । सबै पदमा उम्मेदवारी पर्छ कि पर्दैन अहिले नै भन्न नसकिने भएपनि अध्यक्षमा निवर्तमान उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गरिसकेका छन् । उनले नौ नबज्दै उम्मेदवारी दर्ता गराएर भोट माग्न थालेका छन् ।

सहमतिको नाममा ओलीले चुनावी प्रक्रियामा नभई ध्वनी मतका आधारमा नयाँ नेतृत्व चयन गर्ने अनुमानबीच चुनावी प्रक्रिया सुरु भएको छ । ओली अलि लचक भएर आएपछि रावलसहितका नेताहरुलाई सजिलो भएको हो

अध्यक्षको उम्मेदवारी दर्ता गर्दै रावलले आफूले जितेमा एमालेलाई आगामी चुनावमा बहुमतमा पुर्याउनुको साथै देशकै एक नम्बर पार्टी बनाउने, राष्ट्रियताको पक्षमा एमालेलाई नयाँ ढंगबाट उभ्याउने दाबी गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा युवराज ज्ञवाली र उपमहासचिवमा प्रदिक ज्ञवालीले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुलाई ओलीले सोही पदमा सिफारिस गरेका थिए । ओलीले घोषणा गरेको पद सुरक्षित राख्न दुबै नेताले उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दर्ता उपाध्यक्षमा र उपमहासचिवमा अरुले उम्मेवारी दिएमा आफू चुनावी प्रक्रियामा जान नपाउने भएकोले सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal