आज :

एमाले महाधिवेशनः बन्दसत्र सुरु ! भीम रावलविरुद्ध नाराबाजी

काठमाडौँ । नेकपा एमालेको महाधिवेनको बन्दसत्र सुरु हुँदैछ । विहान १० बजेको लागि बोलाइएको दोस्रो दिनको बन्दसत्र राति १० पछि मात्रै औपचारिक रुपमा सुरु हुन लागेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली १०औं महाधिवेशनको बन्दसत्र हलभित्र प्रवेश गरेका छन् । निर्धारित समयभन्दा ११ घण्टा ढिलो गरी एमालेको महाधिवेशनको बन्दसत्र अब सुरु हुनेछ ।

बिहान १० बजे बोलाइए पनि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाममा सहमति हुन नसकेपछि साँझ ७ बजेका लागि बोलाइएको थियो । ७ बजे पनि ढिलो भएपछि १ घण्टा पछि सारेर ८ बजेका लागि बन्दसत्र बोलाइएको थियो ।

ओलीले सहमतिको लागि भन्दै आफू निकट नेताहरुसँग अलगअलग छलफल गरेका थिए भने उपाध्यक्ष भीम रावललगायतका नेताहरुसँग कुनै छलफल नै गरेनन् ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावलले बन्दसत्रमा छलफल नगरी अयन्त्र छलफल गर्नु विधि विपरित भएको बताउँदै विरोध जनाएका छन् । उनले नयाँ नेतृत्व चयनको लागि प्रक्रिया सुरु हुनु पर्ने माग गर्दै आएका छन् । रावलले सर्वसम्मत नेतृत्व चयन गर्ने भनेको धाँधली भएको बताउँदै त्यसको डटेर विरोध गर्ने जनाउँदै आएका छन् ।

ओलीले नयाँ नेतृत्व चयन ध्वनी मतद्वारा गर्ने तयारी गरेका छन् । ओली हल प्रवेश गर्दा उनको पक्षमा नाराबाजी भएका छन् ।

त्यसैगरी ओली पक्षीय प्रतिनिधिहरुले उपाध्यक्ष भीम रावलविरुद्ध नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal