आज :

हुम्लामा उर्लियो जनसागर, माओवादी एकता आजको आवश्यकताः डा.रोकाया

हुम्ला ।  नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सदस्य डा.दीपेन्द्र रोकायाले देशको मुख्य परिर्वतनको संवाहक माओवादी शक्ति अझ मजबुत हुन आवश्यक भएको र सबै एक ठाउँमा आउन आग्रह गरेका छन् । कर्णाली प्रदेश अन्तरगतको हुम्ला जिल्ला सर्केगाड गाउपालिकाको प्रथम अधिवेसन समुद्घाटन सभालाई संबोधन गर्दै डा. रोकायाले प्रचण्ड,वैद्य,विप्लव,बाबुराम,सुशिल सबै एकजुट हुनसमेत आग्रह गरे ।

सर्केगाड गाउँपालिकाका आठ वटै वडाबाट आएका प्रतिनिधि–परिवेक्षक सहितको हजारौंको संख्यामा उर्लिएको जनसागर देखेर हौसिएका कार्यक्रमका प्रमुख अथितिसमेत रहेका डा.रोकायाले भने “सर्केगाडमा त जनताले माओवादी एकता भाव देइसक्नुभयो अब जनलहर देशभरी बढ्नुपर्छ ।”

दश वर्षे जनयुद्दकालमा धर्मजित,तुला बुढा,एमेचर लगायत २४ जना सहिद गुमाएको बताउँदै संघियता लगायतका ठूला उपलब्धि जनयुद्ध लडेकै कारण प्राप्त भएको बताए । जनयुद्धको कारण सबैभन्दा पीडित महिला,दलित,जनजातिको उत्थान भएको बताउँदै अगडी भने,“सायद जनयुद्ध हुँदैन थियो भने उत्पीडितहरु आज पनि उत्पिडनमै हुनुहुन्थ्यो होला ।” विगतमा जे भएपनि प्रचण्डले अब नयाँ तरिकाले माओवादी शक्ति अघि बढाउने संकल्प गरेको दाबी गर्दै सुरुमा विभाजित माओवादी शक्तिहरु र त्यसपछि सम्पूर्ण कम्युनिष्टहरु एकजुट हुने बाटो खुलेको धारणा राखे । डा. रोकायाले कसैले माने पनि नमाने पनि यो देशको राजनीति प्रचण्डको वरीपरी घुमिरहेकोसमेत जिकिर गरे ।

डा.रोकायाले आजको समयमा हुम्ला जिल्लाको केन्द्र सर्केगाड गाउँपालिका बन्दै गएको र त्यसलाई अझै समृद्ध बनाउन यहाँको आय र सरदर आयु बढाउनु पर्ने तथा शिक्षाको गुणस्तर बढाउन सक्ने हिम्मतदार नेतृत्व यस गाउँपालिकाले चुन्नु पर्नेमा जोड दिए । आफू कर्णाली प्रदेश योजना आयोगको सदस्य हुँदा मुख्यमन्त्री रोजगार कार्यक्रमलाई लागु गरेको र ‘गरिवी, विकटता र जनसंख्या’को आधारमा अधिकतम जनतालाई रोजगारीको व्यवस्था गर्ने प्रयास गरेको बताए । ‘बालबालिकालाई लगानी, युवालाई रोजगार र ज्येष्ठ नागरिकलाई सम्मान र सुरक्षा’ भन्ने मुल नाराका साथ कर्णाली प्रदेशलाई समृद्धिको दिशामा अघि बढाएको बताए । परिवर्तनको संवाहक माओवादी शक्तिहरु आज विभाजित हुनु भन्दा सबै एकता भएर आउनु पर्ने बताउँदै डा.दीपेन्द्र रोकायाले भने,“संगै लडेका सहकर्मीहरु आज विभिन्न पार्टीमा विभक्त भएर भाई फूटे गवार लुटे भने जस्तै भएको छ त्यसलाई तोडेर सबै एकैठाउँमा आउनु पर्छ ।”सर्केगाड गाउँपालिकाका अध्यक्ष तथा पूर्व जिल्ला सचिवालय सदस्य कृष्ण रोकाया‘करुण’ले परिवर्तनको साँचो राजनीतिक पार्टीहरुसँग हुने भएकोले क्रान्तिकारी शक्तिहरु जहिले पनि एकजुट भएर अगाडी बढ्नुपर्ने धारणा राखे । अध्यक्ष रोकायाले केन्द्रमा पार्टीहरु जे जस्तो भएपनि हुम्लामा कम्युनिष्टहरु यहाँको सापेक्षतामा एकता–सहकार्य गरेर अघि बढुनुको विकल्प नभएको धारणा राखे ।

सर्केगाड गाउँपालिका पूर्व–इन्चार्ज तथा प्रदेश कमिटी सदस्य जुक्मित लामा‘जुनेली’ले देशको क्रान्तिकारी शक्ति माओवादी पार्टी बलियो बनाउन नेता तथा कार्यकर्ता अनुसासित हुन जरुरी भएको बताइन् । सर्केगाड गाउँपालिका पूर्व सहइन्चार्ज छवी थापाले जनतालाई माया गर्ने एक कुशल र सक्षम नेतृत्व गाउँपालिकामा आवश्यक भएको धारणा राखे ।
गाउँपालिका निवर्तमान अध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्ष चन्द्र सिं कार्कीले एकउटा राम्रो सुदृढ पार्टी निर्माण गर्न सबैलाई सहयोग गर्न अनुरोध गरे ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्केगाड र चंखेली एरिया यन्चार्ज सिंह फडेरा(सगरमाथा)ले स्थानिय तहमा भएको व्यापक भ्रष्टाचार विरुद्ध लड्न सक्ने नेतृत्व चयन गर्न सुझाव र शुभकामना दिए । नेपाली काँग्रेसका गाउँपालीका प्रतिनीधि नैन थापाले जिल्लाको र गाउँपालिकाको विकास र समृद्धिको लागि सबै पार्टीमा सहकार्य गर्न सक्ने नेतृत्व चयन गर्न शुभकामना दिए ।

नेकपा(एमालेका) हुम्ला जिल्ला कमिटी सदस्य उब्जन मल्लले हुम्ला जिल्लामा माओवादी र एमाले एकजुट भएर हरेक कार्यमा सहकार्य गर्नुको विकल्प नरहेको बताए । नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटी सदस्य कोपीला कार्की, जसपाका जिल्ला कमिटी सदस्य सिंह सिं लगायतले सर्केगाड गाउँपालिका हुम्लामा सबैभन्दा विज्ञहरु र बुद्धिजीवी भएको गाउँपालीका भएकाले उनिहरुलाई चित्त बुझाउन सक्ने नेतृत्व छान्न शुभकामना दिए । क्रान्तिकारी पत्रकार संगठन नेपालका सचिबालय सदस्य धनन्जय बुढाले देशलाई विकास र समृद्ध बनाउन राजनीतिक स्थिरता चाहिने र त्यसका निम्ति माओवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal