आज :

एमाले महाधिवेशनः वरिष्ठ उपाध्यक्ष पोखरेल बनाउने ओलीको तयारी, रावलले थाले भोट माग्‍न

काठमाडौं । नेकपा (एमाले) को दशौं महाधिवेशनको आज तेस्रो दिन । आज नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशको वन्दसत्रको पहिलो दिनमा नै नयाँ चयन गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो ।

अब सुरु हुने बन्दसत्रमा ओलीले नेतृत्वको प्रस्ताव गर्ने तयारी गरेका छन् । सहमतिका साथ नेतृत्व चयन गर्ने भन्दै ओलीकै प्रस्तावमा केन्द्रीय सदस्य र पदाधिकारी थप गरिएको छ ।

सर्वसम्मत गराउने निर्णय नमान्ने उपाध्यक्ष भीम रावलले बताइरहेका छन् । अहिले पनि रावलले अध्यक्षमा चुनाव लडेरै जाने बताइरहेका छन् ।

स्रोतका अनुसार ओलीले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरललाई नै बनाउने निर्णय गरेका छन् । यसअघि रावललााई वरिष्ठ उपाध्यक्ष दिएर सहमति गर्नुपर्ने बहस पनि भएको थियो ।

वर्तमान महासचिवसमेत रहेका पोखरलको प्रतिद्वन्द्विको रुपमा स्थायी कमिटी सदस्य तथा पूर्वसभमुख सुवास नेम्वाङले पनि उम्मेदवारी दिने चर्चा थियो । तर ओलीले सर्वसम्मत पदाधिकारी चयन गर्ने भन्दै नेम्वाङलाई व्याक गराएका हुन् । उनि पोखरेलपछिका उपाध्यक्ष बन्ने भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा रामबहादुर थापा, बादल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, भीम रावल र अष्टलक्ष्मी शाक्य, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझी र घनश्याम भुसाललाई ल्याउने ओलीले तयारी गरेका छन् । रावल र भुसालले आफूहरु ओलीले दिएको भन्दै लडेरै आएको परिणाम स्वीकार गर्ने बताइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal