आज :

ओलीसँग चुनाव लडेरै छोड्ने, जबरजस्ती गरे आफ्नो अध्यक्षतामा पूरै टीम घोषणा गर्ने रावलको तयारी

काठमाडौँ । नेकपा (एमाले)को दशौँं महाधिवेशनको आज तेस्रो तथा अन्तिम दिन । नयाँ नेतृत्व चयन गर्दै आज महाधिवेशन सक्ने एमालेको तयारी छ । तर, नेतृत्व चयन गर्ने प्रक्रिया सुरु नभएकोले आज महाधिवेशन नसकिने नेताहरुले बताएका छन् ।

हिजो दोस्रो दिन अध्यक्ष ओलीले सम्बोधन गरेका थिए । आज संशोधित विधान र राजनीतिक प्रस्ताव पनि पारित गर्ने कार्यसूची छ । शुक्रबार नेतृत्व चयनको जिम्मा अध्यक्ष ओलीलाई दिएको घोषणा गरिएको थियो । सर्वसम्मत नेतृत्व चयनको लागि ओलीले गृहकार्य गरिरहेका छन् । त्यसको लागि विधान संशोधन गरेर केन्द्रीयसहित पदाधिकारी थप्ने यसअघि नै निर्णय गरिसकेको छ ।

नेतृत्व चयन गर्ने जिम्मा ओलीलाई दिने निर्णयप्रति उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका छन् । उनले आफूले अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताएका छन् । विष्णु पौडेलले उक्त प्रस्ताव गर्दा पनि रावलले विरोध जनाएका थिए । तर, हलले ताली बजाएपछि अनुमोदन गरेको बताइएको छ ।

यसैबीच अध्यक्ष ओलीले कसैले मनोनयन नगरे कोसँग लड्ने भनेर रावललाई प्रश्न समेत गरेका छन् । एक नेताका अनुसार निर्वाचनको कुनै पनि कार्यतालिका नबनाउन गरी ओलीले तयारी गरेका छन् । उनले सबैलाई समेटर नयाँ टीम घोषणा गर्ने तयारी थालेका छन् ।

ओलीले पार्टीमा आफूसँग कोही पनि प्रतिस्पर्धा गर्ने व्यक्ति नभएको देखाउन निर्वाचन कार्यतालिका अगाडि नबढाउने देखिन्छ भने रावलले ओलीलाई सर्वसम्मत हुन नदिने तयारी गरेका छन् । उपाध्यक्ष रावलले ओलीले जबरजस्ती गरी नयाँ नेतृत्व चयन गरे आफ्नो अध्यक्षतामा छुटै प्यानल घोषणा गर्ने उनी निकट नेताहरुले बताएका छन् ।

यदि रावलले यो कदम उठाए ओलीले कारवाही गर्ने बताइएको छ । यसले एमालेमा रावल समूह रहन नसक्ने अवस्था आउन पनि सक्नेछ । त्यसैगरी नेतृत्वको आकांक्षी बढी भएकोले व्यवस्थापन गर्न निकै गारो हुने देखिन्छ । ओलीले रावललाई वरिष्ठ उपाध्यक्षमा व्यवस्थापन गर्न चाहेपनि सुवासचन्द्र नेम्वाङले नछोड्ने बताएका छन् । नेम्वाङले वरिष्ठ उपाध्यक्ष नछोडे रावलले नमान्ने देखिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal