आज :

माओवादी केन्द्रको आज पालिका सम्मेलन, इट्टाको जवाफ पत्थरले दिने तयारी गरौंः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी नेतृत्व र आन्दोलनको अगाडि नयाँ चुनौती र अबसर खडा भएको बताएका छन् । विगतका उपलब्धीको अपनोत्व ग्रहण गर्दै बाँकी उपलब्धी संघर्ष गर्ने बेला आएको बताए ।

शनिबार ७५३ वटा स्थानीय तह र माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले माओवादी आन्दोलनलाई विसर्जन गर्ने र जनतालाई अधिकारविहीन बनाउने षड्यन्त्र भइरहेको बताए । इट्टाको जवाफ पत्थरले दिन तयारी गर्न युवाहरुलाई प्रचण्डले निर्देशन समेत दिए ।

सम्मेलन उद्घाटन गर्दै प्रचण्डले शुभकामना समेत दिए । उनले सकेसम्म सहमतिकै आधारमा नेतृत्वय चयन गर्न र नभएपनि लोकतान्त्रिक विधि अपनाउन समेत निर्देशन दिए । शनिबार १ बजे अध्यक्ष प्रचण्डले सबै पालिका सम्मेलनलाई एकैपटक भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

यसअघि मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ ।  वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँपालिकामा १५० जनाका दरले सहभागी हुनेछन् । यस्तै नगरमा २००, उपमहानगरमा ३०० सय र महानगरमा ४०० प्रतिनिधिको उपस्थितिमा अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

माओवादी केन्द्रले यी मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गर्नेछ भने आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal