
काठमाडौँ । नेकपा (एमाले) ले पदाधिकारी थप्ने निर्णय गरेको छ । दसौँ महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुने भएको छ । बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समितिको अन्तिम बैठकले सहमतिको आधारमा नेतृत्व चयन गर्ने भन्दै पदाधिकारी थप्ने निर्णय गरेको हो ।
शुक्रबार अबेर राति सौराहस्थित होटल जंगल क्राउनमा बसेको समिति बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म पदहरु बढाउने निर्णय गरेको छ । बैठकले केन्द्रीय समिति ३०१ सदस्यीय, ९९ सदस्यीय पोलिटब्यूरो, स्थायी कमिटी ४५ सदस्यीय रहने निर्णय गरेको छ । यसअघि स्थायी समिति सदस्यको संख्या यथावत राखिएको छ । पदाधिकारीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, सात सचिव हुनेछन् ।
यसअघि विधान महाधिवेशनबाट पारित विधानलाई नै बैठकले हेरफेर गरेको छ । अब विधान संशोधन प्रस्ताव बन्दसत्रमा प्रस्तुत गरिने प्रचार विभाग प्रमुख योगेश भट्टाईले बताएका छन् ।
एमालेको आगामी कार्यदिशा र नेतृत्व चयन गर्दै भोलि महाधिवेशन सकिने छ ।
यसैबीच निर्वाचन समितिले चारसंहिता पनि तय गरेको ाछ । समितिले प्रकारको धूम्रपान, मद्यपान तथा लागु पदार्थ सेवन गरी तोकिएको निर्वाचन क्षेत्रभित्र प्रवेश गर्न पनि बन्देज लगाइएको छ
मतदानस्थल र मत गणनास्थलमा केन्द्रीय निर्वाचन आयोगले अनुमति दिएका व्यक्तिहरू भन्दा बाहेक अन्य कुनै पनि व्यक्तिले मोबाइल फोनको प्रयोग गर्न पाउने पाइने छैन । पार्टीको विधान, घोषित नीति, सिद्धान्त, कार्यक्रम विपरीत प्रचार–प्रसार गर्नु गराउन पनि निषेध गरिएको छ ।
शुक्रबार नारायणी नदी किनारमा उद्घाटन भएको दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र सुरु हुँदैछ ।
बन्दसत्रको पहिलो चरणमा अध्यक्ष केपी शर्मा ओली र विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एमाले महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट कम्युनिस्ट नेताहरु शुभकामना दिन आएका छन् ।