आज :

एमाले दशौं महाधिवेशनः नारायणी किनार नेता- कार्यकर्ताले भरिँदै, प्रचण्ड सम्बोधन गर्न गएनन्

काठमाडौँ । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन दिउँसो १२ः४५ बजे सुरु हुँदैछ । देशभरबाट आएका प्रतिनिधि र समर्थक तथा शुभचिन्तक उद्घाटनस्थल नारायणी नदी किनारमा पुग्दैछन् ।

चितवनका विभिन्न स्थानहरुबाट सुरु भएका जुलुसहरु उद्घाटन स्थलतिर अघि बढिरहेका छन् । अहिले तीन ठाउँबाट निस्केको जुलुस अगाडि बढेको छ भने बाँकी स्थानहरुमा पनि तयारी भइरहेको छ । एमाले चितवनकी अध्यक्ष पार्वती रावलका अनुसार भरतपुरका सात ठाउँमा नेता कार्यकता भेला हुने छन् ।

त्यसपछि मुख्य तीन ठाउँबाट र्‍याली निस्कने छ । पूर्वी क्षेत्रका लागि भरतपुरको केन्द्रीय बसपार्कबाट र्‍याली निस्कने छ । पश्चिम क्षेत्रका लागि नवलपुर गैंडाकोटमा भेला भएर र्‍याली अगाडि बढ्ने छ । त्यसैगरी मुग्लिन तर्फबाट आउनेहरुका लागि आँपटारीमा भेला भएर र्‍याली अगाडि बढेर उद्घाटन स्थलमा आउनेछ ।

भरतपुरका अन्य मुख्य चोकहरुबाट निस्कने र्‍याली बसपार्कबाट आउने र्‍यालीमा मिसिँदै अगाडि बढ्ने अध्यक्ष रावलले जानकारी दिइन् ।एमालेले उद्घाटन समारोहमा पाँच लाखलाई सहभागी गराउने दाबी गर्दै आएको छ । महाधिवेशन उद्घाटनका लागि नारायणी नदीको किनारलाई आमसभास्थल तय गरेर भव्य मञ्च निर्माण गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनमा कुल दुई हजार १७५ जना प्रतिनिधि बन्दसत्रमा सहभागी हुने छन् । बन्दसत्र सौराहामा हुँदैछ ।

एमाले महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवासहित दलहरुका नेताहरुले शुभकामना सम्बोधन गर्न चितवन पुगेका छन् । एमालेले भरखरै पार्टी विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई निम्तो दिएको छैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि एमालेले निम्तो नदिएन ।

माओवादी केन्द्रलाई औपचारिक रुपमा निम्तो दिएपछि स्थायी समिति सदस्य लिलामणी पोखरेल सम्बोधन गर्न चितनव पुगेका छन् । त्यसैगरी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपाका अध्यक्ष कमल थापा पनि चितवन पुगेका छन् ।

नारायणी नदी किनार एमाले नेता कार्यकर्ताले विस्तारै भरिँदैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal