आज :

आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक, गोलाप्रथामा पनि प्रधानन्यायाधीश जबरासँग इजलास नबस्ने 

काठमाडौं । आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक बस्दै छ । गोलाप्रथा प्रक्रियाबाट पेशी तोकेर इजलास बस्न तयार भएका न्यायाधीशहरु फुलकोर्ट बैठक बसेर अगाडि बढ्न तयार भएका छन् ।

कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग्दै आन्दोलनलाई पुनरावेदन अदालतसम्म पुर्याएको बेला न्यायाधीशहरु गोलाप्रथाबाट पेशी तोकेर इजलास बस्न तयार भएका छन् ।

जबराको राजिनामाको पक्षमा रहेका १८ न्यायाधीशको बुधबार बसेको बैठकले आज फुलकोर्ट बैठक बसेर अगाडि बढ्न सहमत भएका थिए ।आजको बैठकले आगामी बुधबादेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्ने बताइएको छ ।

प्रधानन्यायाधीश जबराको अधिकार कटौती गर्ने भन्दै गोलाप्रथामा जान तयार भएका थिए । न्यायाधीहरुले प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको भन्दै राजिनामाको पक्षमा उभिएर इजलास बहिस्कार गरेको महिना पुगेको छ ।

प्रधानन्यायाधीश जबरा अनसन्तुष्ट न्यायाधीशको मागअनुसार गोलाप्रथामा पेशी तोक्न तयार भएपनि राजिनामा नगर्ने अडानमै छन् । न्यायाधीशहरु गोलाप्रथामा गएपछि आफूहरुको आन्दोलन कमजोर हुने भन्दै कानुन व्यवसायीहरुले आन्दोलनलाई उच्च अदालतसम्म पुर्याएका छन् । अब जिल्ला अदालतमा पनि धर्ना दिने चेतावनी दिएका छन् ।

त्यसैगरी कानुन व्यवसायीहरुले आफ्नो आन्दोलनलाई कमजोर हुने गरी जबरासँग मिलेमा अन्य न्यायाधीशहरुविरुद्ध पनि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

अन्तुष्ट न्यायाधीशहरुको बुधबार भएको बैठकले गोलाप्रथामा गएपनि प्रधानन्यायाधीश जबरालाई भने अस्वीकार गर्नेमा एक मत भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal