आज :

एमाले स्थायी समिति बैठकः ओलीलाई सर्वसम्मत बनाउने प्रसाय, चुनाव लड्ने रावलको अडान

काठमाडौं । महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी बैठकले मंसिर १० गतेदेखि सुरु हुने महाधिवेशनको तयारीलगायतका विषयमा छलफल भइरहेको छ ।

स्थायी समिति सदस्य योगेश भट्टराईका अनुसार व्यवस्थापन, उद्घाटन र बन्दशस्त्र, प्रतिनिधि छनोटको समिक्षा, प्रतिनिधि मनोनयन र निर्वाचन आयोगको कामबारे गरी पाँच एजेण्डा बैठकमा पेश गरिएका छन् ।

यो सँगै बैठकमा स्थायी समिति सदस्यहरुले अध्यक्षमा केपी शर्मा ओलीलाई सर्वसम्मत गराउने र उपाध्यक्ष भीम रावलको उम्मेदवारी फिर्ता लिने विषयमा छलफल हुने एक स्थायी समिति सदस्यले बताए । बैठकमा एजेण्डा नबनाइएपनि रावलको उम्मेदवारी फिर्ता लिनेबारे पनि सदस्यहरुले धारणा राखेको बताइएको छ । तर, रावलले आफूले उम्मेदवारी घोषणा गरिसकेकोले अगाडि बढ्ने अडान राखेका छन् ।

त्यसैगरी पार्टीले मनोनयन गर्ने ९६ जनाको पनि टुंगो लगाउने बताइएको छ । यही १० गतेदेखि १२ गतेसम्म चितवनमा हुन लागेको एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ हजार मत्हायसधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । एमालेले १९०० बढी महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ ।

दसौँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिमध्ये ५ प्रतिशत मनोनयनबाट आउने विधानमा व्यवस्था भएअनुसार आजको बैठकले मनोनयन सूची केन्द्रीय कमिटीमा पठाउनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal