आज :

रामदेवले दिए नेपालको कानूनलाई चुनौती, प्रधानमन्त्रीले उद्घाटन गरेका टिभी च्यानल गैरकानूनी

काठमाडौँ । भारतीय योग गुरु रामदेवले नेपाली कानूनको धज्जी उडाउँदै संचार क्षोत्रमा लगानी गरेका छन् । नेपाली कानूनले बन्द लगाएको संचार क्षेत्रमा रामदेव र बालकृष्ण आचार्यले विदेशी लगानी गरेका छन् ।

निकै तामझामका साथ उद्घाटन गरिएका दुईवटा टेलिभिजन च्यानल दर्ता नै गरेको पुष्टि सूचना तथा प्रसारण विभागले गरेको छ । नेपालमा टेलिभिजन च्यानल संचालन गर्न विभागमा दर्ता गर्नुपर्छ । टिभी च्यानल दर्ता गर्ने भन्दा पनि संचार क्षेत्रमा विदेशी लगानीलाई बन्देज लगाउने कानूनलाई चुनौती दिइएको छ ।

भारतको हरिद्वारमा रहेको पतञ्जली आयुर्वेदले नेपालमा दुईवटा टिभी च्यानमा संचालन गर्न लागेको हो । यसका मुख्य लगानीकर्ता रामदेव नै हुन् । आचार्य बालकृष्ण पतञ्जलीका अध्यक्षस हुन् । नयाँ टिभी च्यानमा भारतीय लागनी भएपनि पतञ्जली नेपालको नाम दिइएको छ ।

गैरकानूनी रुपमा संचालन ल्याएका टिभीकै नाममा नेपालमा उद्घाटन गरिएको छ । दर्ता नै नभएका टिभी च्यानल उद्घाटनमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका राजनीतिक दलका प्रमुख नेताहरुको लर्को लागेको थियो । कानूनमा दर्ता नगरी संचारमाध्यम प्रकाशन प्रसारण ल्याउन नमिल्ने जानकारी हुँदाहुँदै पनि नेपाली नेताको लर्को लागेको थियो ।

मण्डिखाटारस्थित पतञ्जली योगपीठको आश्रममा शुक्रबार गरिएको कार्यक्रममा प्रधानमन्त्रीसँगै गृहमन्त्री बालकृष्ण खाणसहित शिर्ष नेताहरु सहभागी थिए ।

भारतमा ‘आस्था’ र पतञ्जली भिटी रामदेवकै लगानीमा संचालनमा छन् । रामदेवको कम्पनीले उत्पादन गरेको बस्तुहरुको प्रचार र धार्मिकसँगै योग आयुर्वेदसम्बन्धी कार्यक्रम प्रसारण भइरहेका छन् ।

आमसंचार माध्यममा विदेशी लगानीलाई निरुत्साहित गर्नेगरी प्रविधि हस्तान्तरण ऐन २०७५ मा पत्रकत्रिका, रेडियो। टेलिजिन र अनलाइनमा विदेशी लागनी बन्देज लगाइएको छ । माओवादी नेता मातृका यादव उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ खारेज गर्दै नयाँ कानून ल्याएको थियो ।

आमसंचार नीति २०७३ मा भौतिक पूर्वाधारको क्षेत्रमा ४९ प्रतिशत विदेशी लगाउन मात्र पाउने व्यवस्था गरिएको थियो । तर, २०७५ मा ऐन आउँदा सञ्चार क्षेत्रमा कुनैपनि विदेशी लगानीलाई पूर्ण रूपमा निषेधित गरिएको छ । तर, रामदेवले कार्यक्रम उत्पादन र प्रसारणको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रमले प्रधानन्त्री देउवाले विवादित अभिव्यक्ति समेत दिए । पतञ्जलीलाई मुनाफामूलक संस्था भएकोले जग्गा दिने घोषणा गरेका थिए । जबकी रामदेवको संस्थाले करोडौ करछली गरेको भारतीय संचारमाध्यमहरुले बताइसकेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal