![](https://onlinedabali.com/wp-content/uploads/2021/11/prachand-mades-rauthat-e1637401291500.jpg)
रौतहट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले मधेस मिशन बनाएका छन् । मधेसमा पार्टीको प्रभाव बढाउने मिशनसहित अध्यक्ष प्रचण्ड काठमाडौँका भेटवार्ता सकेर तपाई मधेसका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी भइरहेका छन् ।
आज पनि काठमाडौँ नेकपाका महासचिव विप्लवसँगको भेटवार्ता सकेर रौतहट पुगेका छन् । रौतहटको गरुढा नगरपालिका पुगेका प्रचण्डलाई भव्य स्वागत गरिएको छ ।
आज पार्टीले देशभर वडा सम्मेलन गरिरहेको बेला प्रचण्ड गरुढ नगरपालिकाको वडा नम्बर ४ महोम्मदपुर पुगेका छन् । रौतहटको कटहरियामा आयोजना गरिएको कार्यक्रमलाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रचण्ड आउन खबरसँगै उत्साहित बनेका महोम्मदपुरबासीले हातमा फुलमाला समाएर लामो समय प्रतिक्षा गरेका थिए । स्थानीयले प्रचण्डलको लागि हरियो कार्पेट समेत बिछ्याएका छन् ।
महोम्मदपुरको ‘ग्रिन कार्पेट’ ले मधेसमा माओवादीलाई ‘ग्रिन सिंग्नल’ दिएको रुपमा माओवादी केन्द्रका स्थानीयले नेताले बताएका छन् । उसो त माओवादी नेताहरुले मधेसमा पहिलोको भन्दा आफूहरुको सांगठानिक अवस्था सुदृढ भएको दाबी गर्दै आएका छन् ।