आज :

प्रचण्ड र विप्लवबीच भेटवार्ता, तीन बुँदे सहमित र पार्टी एकताबारे छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रचण्ड र नेकपाका महासचिव विप्लवबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रवक्ता कृष्णबहादुर महराको पहलमा भएको भेटवार्तामा विप्लवले अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यन्वयनमा सरकारले ढिलाई गरिरहेको गुनासो गरेका थिए ।

त्यसैगरी विप्लवले भेटमा तीन बुँदे सहमति कार्यान्वयनको लागि पहल लिन आग्रह गरेको प्रचण्डको सचिवालयलाई उदृत गर्दै माओवादी केन्द्रका एक नेताले बताए ।

भेटवार्तामा पार्टी एकता र अभवको क्रान्तिको मोडेलबारे पनि संक्षिप्तमा छलफल भएको छ । विप्लवले अहिलेको व्यवस्था नै सबै समस्याको कारण भएको वैज्ञानिक समाजवाद स्थापनाको लागि आफू सहकार्य र एकताको लागि तयार भएको बताएका थिए । जवाफमा प्रचण्डले  जनताको हितमा हुने अग्रगामी कदम उठाउँन आफू तयार भएको बताएका थिए ।

पार्टी निकट दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटनको क्रममा विप्लवले धनगढीमा माओवादी केन्द्रसँग एकता गर्न आफू तयार भएको सन्देश दिएका थिए । त्यसपछि पहिलो पटक भएको आजको भेटलाई महत्वको साथ हेरिएको छ ।

भेटवार्तामा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा पनि सहभागी थिए ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal