आज :

महाधिवेशन नजिकिँदै गर्दा देउवा समूहद्वारा मध्यरात पौडेल समूहमाथि हमला, पन्त अस्पताल भर्ना

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा दुई समूहबीच झडप र आ.क्रमणका घटना सार्वजनिक हुन थालेका छन् ।  रुपन्देहीमा संस्थापन पक्षका नेताहरुले रामचन्द्र पौडेल समूहका नेतामाथि कुटपिट गरेको छ ।

रुपन्देहीको क्षेत्र नं ३ (क) का क्षेत्रीय सचिव पदका उम्मेदवार समेत रहेका शैलेन्द्र पन्तसहित नेताहरुमाथि संस्थापन पक्षले आ.क्रमण गरेको हो । मतगणनामा विवाद बढ्दै गएपछि सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले पौडेल समूहमाथि हमला गरेको बताइएको छ ।

घटनामा पौडेल समूहका पन्तसहित कम्तीमा ५ जना घाइते भएका छन्। पन्त गम्भीर घाइते भएका शैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको नाकको डाँडी भाँचिएको छ ।

मतगणना स्थलमा शेरबहादुर देउवा पक्षधर कार्यकर्ताले रामचन्द्र पौडेल पक्षधरमाथि आक्रमण गरेका आरोप लगाएका छन् । घाइते अन्यको भिम अस्पताल भैरहवामा उपचार भइरहेको छ। आक्रमण भएपछि मतगणना स्थगित भएको छ ।

अध्यक्ष पदका उम्मेदवार पुरण श्रेष्ठका अनुसार क्षेत्र नं ३ (क) को मतगणना स्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा मध्यराति मुख छोपेर आएका तरुण दलका केही युवाहरुले आ.क्रमण गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal