
जुम्ला खलङगा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (काश) का उपकुलपति डा.मंगल रावाललाई स्वास्थ्यमन्त्री विरोध खतिवडाले कामकाज गर्नबाट रोक लगाउन नसक्ने भनि अदालतले भनेपछि काममा फर्किने बाटो खोलेको छ । अदालतलेको आदवेशपछि शुक्रबार जुम्ला पुगेका डा. रावललाई सदरमुकाम खलंगामा स्थानीय र कर्मचारीले भव्य स्वागत गरेका छन् ।
अदालतको आदेशपछि उपकुलपति डा. रावल शुक्रबार काश मुख्यालय जुम्ला सदरमुकाम खलंगा पुगेका हुन् । उपकुलपति डा.रावल, रजिस्टार निर्पेन्द्र महत, डिन डा.रमेश भट्टराई प्रमुख प्रशासकिय अधिकृत अमृत भण्डारीसहितको टोलीलाई स्वतस्फूर्त आएका स्थानीय र कर्मचारीले जुम्ला विमानास्थलबाट प्रतिष्ठानको प्राङगणसम्म बाजागाजाले भव्य स्वागत गर्दै अविर र खाँदा लगाएर सम्मान गरेका थिए ।
उता लामो समयदेखि कर्मचारिले नेतृत्व र पदाधिकारीविरुद्ध कर्मचारीले आन्दोलन गरिरहेकोमा कार्णालीमा भने कर्मचारीले राम्रो काम गरिरहेको उपकुलपति डा.रावल नेतृत्व अनिवार्य मात्रै नभएर उनको विकल्प नै नरहेको पत्रसहित सरकारलाई आफ्नो निर्णय फिर्ता नगरे आन्दोलनको चेतावनी समेत दिएका थिए ।
कोरोनाको संकटकालमा ज्यानको प्रवाह नगरि दिनरात जनताको स्वास्थ्य सुरक्षामा खटिएर कार्णाली वासीको विश्वास र माया संगालेका डा.रावललाई जुम्लामा कुनै बेला राजा गाउँ आउँदा गरिने जास्तै स्वागतले सम्मान गरेको डिन डा.भट्टराईले अनलाइन डकलीलाई बताए ।
सोमबार उच्च अदालत पाटनका न्यायाधीश भोजराज अधिकारीकोे इजलासले डा. रावललाई काममा रोक लगाउने निर्णय तत्काल कार्यान्वन नगर्न अन्तरिम आदेश दिएको थियो ।
जुम्लामा गरिएको सम्मानले कर्णालीका जनताप्रति अझै सम्मान र आदरभाव आकाश चुमेको बताउँदै डा.रावलले भने, “म पनि यही कर्णाली अझ बढी विकट हुम्लाको सर्केगाडमा जन्मिएको मेरो प्यारो कर्णाली अनि यहाँका जनताको पीडा र संघर्ष मैले जति अरुले बुझ्ने कुरै भएन । जिम्मेवारी र भूमिका पाउँदा आफ्नो क्षमताले भ्याउनेसम्म १०० प्रतिशत दिने कोशिस गर्नुपर्छ, यो सम्मानपछि अझ बढी चुनौति थपिएको छ, धन्यबाद कर्णालीका सम्पूर्ण नेतृत्व आमाबाबा,दिदीबहीनी, दाजुभाई ।”
२०७८ कार्तिक २३ गते स्वास्थ्य तथा जनसंख्य मन्त्री विरोध खतिवडाले निष्कृय भएको मुद्दामा टेकेर डा.रावललाई कामकारबाही गर्न रोक लगाउने निर्णय गरेका थिए । सोही विषय गलत सावित गर्दै उच्च अदालत पाटनले मन्त्रीको निर्णयलाई बदर गरिदिएको थियो । स्वास्थ्य मन्त्री खतिवडाले प्रतिष्ठानका उपकुलपति डा.मंगल रावल र रजिष्ट्रारलाई काम गर्न रोक लगाएर निरेश थापालाइ निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए ।
पहिलो पल्ट कर्णालीकै उपकुलपति र रजिस्टारसहितको काशमा नेतृत्व भएकोले पनि आफ्नो क्षेत्रमा केही गर्न उत्साहित डा.रावलको टिमलाई असफल बनाउने केही मान्छेहरुको सड्यन्त्र यो पटक असफल भएको र न्यायालयको न्यायीक साथ र जनताको मायाले ‘हाम्रा मात्रै नभएर राम्रा मान्छे’को जित भएको रजिस्टार महतले बताए । जनताको सम्मान र स्वागले आफूहरुमा अझ बढी उत्तरदायी बन्न उत्साह थपेकोसमेत बताए ।