आज :

आज ३ घण्टा २८ मिनेटसम्म चन्द्र ग्रहण लाग्दै, ५८० वर्ष यताको सबैभन्दा लामो समय

काठमाडौं । आज करिब ६ शताब्दी यताकै सबैभन्दा लामो चन्द्र ग्रहण लाग्दैछ । यो सन् २०२१ को अन्तिम चन्द्र ग्रहण पनि हो । खगोलविद्का अनुसार यति लामो चन्द्र ग्रहण ५८० वर्षपछि पहिलो पटक लाग्दैछ ।

आज लाग्ने चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ । चन्द्र ग्रहणलपे चन्द्रमाको ९७ प्रतिशत भाग ढाक्नेछ भने दिउँसो १ बजे उच्चविन्दुमा पुग्नेछ । चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ ।

खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ भने ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्वपूर्ण लिइ राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने मान्यता राखिन्छ ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दा चन्द्र ग्रहण लाग्ने वैज्ञानिकहरुले बताएका छन् । चन्द्र ग्रहण पूर्णिमाको दिनमा मात्र लाग्दछ ।

यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । आजको चन्द्र ग्रहणपछि अब ८ फेब्रुअरी २६६९ का दिनमात्र यस्तो लामो चन्द्रग्रहण लाग्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal