आज :

मौसम बदलीः यी स्थानमा बर्षा र हिमपात हुने 

काठमाडौं । आज विहानैबाट मौसमी बदली भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही भागमा आज वर्षा र हिमपात हुने भएको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावान रहेको विभागले जनाएको छ ।

आज दिउँसो कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका भू–भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू–भागहरू आंशिक देखी सामान्य बदली रहने छ ।

त्यसैगरी आज राति देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका भू–भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू–भागहरू आंशिक सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावान रहेको छ ।

काठमाडौंको आज बिहान ६ बजेको तापक्रम ११.१ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजे ११.१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो । काठमाडौंमा आज दिनभर मौसमा बदली हुने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal