आज :

आईसीसी महिला टी–२० विश्वकपः एसिया छनोटको लागि नेपाली टोली शुक्रबार युएईमा जाँदै

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको लागि नेपाली महिला खेलाडीको टोली भोलि शुक्रबार यूएईमा जाँदैछ । तयारी खेलमा नेपाली टोली आज नेपालमा आज अन्तिम खेल हुँदैछ ।

तयारीका लागि कतारसँगको टी–२० क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको थियो । आज पनि खेल हुँदैछ । मंगलबार भएको पहिलो खेलमा १ सय १९ रनले विजयी भएको नेपाली महिला राष्ट्रिय टीम दोस्रो खेलमा ६१ रनले विजयी भएको थियो ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । उसका लागि कप्तान रुबिना क्षेत्रीले अर्धशतकीय पारी खेल्दा कविता कुँवरले ३१ र अप्सी बेगमले अविजित रहँदै २३ रन बनाए । बलिङतर्फ एन्जेलिन मारेले दुई विकेट लिएकी थिइन् ।

१ सय ३० रनको विजयी लक्ष्य पछ्याएको कतारको महिला टीमले १९.३ ओभरमा सबै विकेट गुमाएर ६८ रनमा समेटियो ।

उसका लागि कप्तान आयसाले २४ तथा केरि पोनसेटले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । नेपालका सरस्वती कुमारी एक्लैले चार विकेट लिँदा रुबिना क्षेत्रीले दुई विकेट लिइन् ।

पहिलो खेलमा मंसिर ६ गते हङकङसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ७ गते भुटान, ९ गते कुवेत, १० गते मलेसिया र १२ गते युएईसँग खेल्ने तालिका छ ।

एसिया छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरी ६ राष्ट्र सहभागी छन् । शीर्ष स्थानमा रहने टिमले अघिल्लो चरणमा स्थान बनाउनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal