आज :

३६ वर्षिय योजना प्रमुख लामा भन्छन्ः ७ महिनामा काठमाडौंको गाडी हुम्लाको सिमिकोट पुर्याउँछौ

काठमाडौं । कर्णाली करिडोर अन्तरगत हिल्सा–सिमीकोट सडक योजनाका प्रमुख इन्जिनियर विसुन्दास लामा कर्णालीको विकट सडक निर्माण कार्यमा उदाहरणिय बन्न थालेका छन् । उनि आयोजना प्रमुख भएर त्यस क्षेत्रमा गएको एक वर्ष पनि पुगेको छैन र मेरले निकै कम ३६ बर्षमत्रै, तर उनले छोटो समयमै अधिकांस बाटोको ट्रयाक खोलिसकेका छन् ।

झण्डै तीन दशक पहिलेबाट हुम्लालाई राष्ट्रिय सडक सन्जालमा जोड्ने कुरा चलेको थियो तर कछुवा गतिमा अघि बढेको सो कार्यलाई ई.लामाले ७ महिनामा जिल्लाको अधिकांस सडको ट्रयाक खोलेर हुम्ला सदरमुकाम सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने कार्यलाई अन्तिम चरणमा पुर्याउन लागेको बताएका छन् । केही हप्ता अगाडी मात्रै नेपाल सरकारले नेपाली सेनालाई कडा चट्टाने भिर फोड्ने कार्यलाई जिम्मा दिएको कुरालाई सरहान गर्दै,“१० किलोमीटर अति नै कडा भाग छ जसमध्ये ७ किलोमिटर सनेलाई दिएपछि अझ काम छिटो हुनेभयो र उत्साह पनि थपिएको छ ।”

हुम्लाको छारे,लालिबगर, सुनखरा क्षेत्रमा सेना र सडकविभाग अन्तरगत हिल्सा सिमिकोट सडक आयोजनाले संयुक्त रुपमा कार्य गर्दै निर्धारित समयमा कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ, ३ किलोमिटर कडा चठट्टान आयोजना आफैले फोर्ने कार्य गरिरहेको पनि इन्जिनियर लामाले संवाद डबलीसँग बताएका छन् । हुन त माथि चीनको स्वशासित तिब्बतबाट सिमिकोट हुँदै लालिबगर सम्म र तलबाट सर्केगड गाउँपालिकाको स्यालटारीसम्म उनै लामाको नेतृत्वमा गाडी गुड्न सफल भइसकेको भएपनि बाँकी १० किलोमिटर कडा चट्टानले अझै अबरोध गरिरहेको छ । सो कार्य पनि कोरोना कहर, चट्टान पोड्ने सामाग्रीको प्राविधिक समस्या नभएको भए अहिलेसम्म धमाधम गडी गुडी सक्ने दबी गर्दै, “एक्साभेटरले नसक्ने, जिलेटिन पट्काउन, पहरा ब्लास्टिङ कार्य नेपाली सेनाको रोहबरमा मत्रै गर्नु पर्ने टेक्निकल समस्याले हामी अलि ढिला भइयो, त्यसमाथि कोभिड प्याण्डमीक आइलाग्यो, त्यसैले अहिले छार,े सुनखडा र लालिबगड नेपाली सेनालाई दिएका छौं ।” लामाले अगाडी भने । आफूलाई सडक विभाग, मन्त्रालय र सरकार, कन्ट्रयाक्टर र स्थानिय सबैको भरपुर सहयोगले सो कार्य सफलता पाउँदै गएको पनि बताए ।

हुम्ली जनताले २१आँै शताब्दिमा पनि १९आंै शताब्दिको जस्तो जीवन व्यतित गरिरहनु परेको कुराले निकै पीरोलिरहने बताउने लामाले आउँदो असार मसान्तसम्म कुनै पनि हालतमा ट्याक्टर, बोलेरोसम्म भए पनि चल्ने सडक बनाउँन सकेको खण्डमा उहाँहरुले आधारभूत सुबिधा उपभोग गर्नसक्ने थिए उनि भन्छन् । अहिले हुम्लामा विरामी पर्दा लाखौं तिरेर हेलिकप्टर नै प्रयोग गर्नुपर्छ, सो साधन उपयोग गर्नसक्ने निकै कम भएको र अधिकाशं जनताले अकालमै ज्यान गुमाइरहेको तितो अनुभव सुनउँछन्,अनि ढुवानीकै समस्याले १०औं गुणाबढी मुल्यमा खाद्यान्न तथा अन्य दैनिक उपभोग्य सामानमा महाँगो मुल्य तिर्नबाध्य जनताको जीवनमा बहार ल्याउने आफ्नो धोको छिट्टै पुरा हुने उनको धारणा छ ।

त्यसैगरी,आठ वर्षअघि २०७० सालदेखि काम सुरु गरेकोे कर्णाली करिडोरको खुलालु–लैफु–सलिसल्ला खण्डको सडक नेपाली सेनाले निर्माण कार्य सम्पन गरि उनै इन्जिनियर लामालाई नै हस्तान्तरण गरेको छ । सडक विभागअन्तर्गतको हिल्सा–सिमकोट सडक आयोजनाले बाँकी कार्य गर्ने बताइको छ । सो हस्तान्तरण कार्यक्रम बाजुरा जिल्लाको तिथि चौरमा आयोजना गरिएको थियो । कर्णाली करिडोरको खुलालु, लैफुहुँदै हुम्लाको सलिसल्ला खण्डको सडक हस्तान्तरण गर्नुअघि सेनाको निर्माण कार्य दलका प्रमुख मिलन कार्की र हिल्सा सिमकोट आयोजनाका तर्फबाट योजना प्रमुख लामाले हस्तान्तरणपत्रमा हस्ताक्षर गरेका थिए, सेनाले सो खण्डको कालीकोटको खुलालु हुँदै हुम्ला जिल्लाको सल्लिसल्लासम्मको १ सय २२ दशमलव ७५ किलोमिटर सडकको निर्माण कार्य पूरा गरेको हो ।

निर्माण भएको सडकमध्ये हुम्ला खण्डमा ३८ दशमलव चार किलोमिटर पर्छ । अहिले लामा झण्डै २ सय किलोमिटर सडकको जिम्मेवारी पाएका छन् । यति सानो ३६ वर्षको उमेरमा तपाईले यति ठूलो जिम्म पाउनु भया,े के लाग्छ भन्ने प्रश्नमा उनि भन्छन्,“यो त केही होइन मेरो उमेरका मानिसले देश हाँकेका विश्वमा उदाहरण छन्, तर पनि जेहोस सरकारले मालाई विश्वास गर्यो, युवालाई जिम्मा र साथ दिनुपर्छ भन्ने हौसला दिने हाम्रो विभाग र सरकारलाई धन्यवाद ।”

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal