आज :

आज १० औं राष्ट्रिय कर दिवस, प्रधानमन्त्री र अर्थमन्त्रीले दिए यस्तो सन्देश 

काठमाडौं । आज १० औं राष्ट्रिय कर दिवस । आजदेखि एक हप्तासम्म ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि : सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ देशभर सप्ताहव्यापी रुपमा १० औँ राष्ट्रिय कर दिवस मनाइँदैछ ।

आजैकै दिनबाट नेपालमा आधुनिक एवं वैज्ञानिक कर प्रणाली तर्फको प्रस्थान विन्दुका रुपमा मूल्य अभिवृद्धि कर लागू भएको थियो । हरेक मंसिर १ गते राष्ट्रिय कर दिवश मनाउन्छ । पछिल्ला वर्ष राजस्वको दायरा विस्तार हुँदै गए पनि कर सङकलन लागत घटाउने, चुहावट न्यूनीकरण गर्ने, लगानीमैत्री वातावरणका लागि कर प्रणालीमा सुधार गर्नुपर्ने देखिन्छ ।

नेपालमा करदाता मैत्री कार्य प्रणाली अवलम्बन गरी स्वेच्छिक कर सहभागिता बढाउने, कर सहभागिता लागत र सञ्चालन लागत न्यून गर्दै करको दायरा विस्तार गर्ने उद्देश्यले साबिकका कर विभाग तथा मूल्य अभिवृद्धि कर विभागलाई एकीकृत गरी विक्रम संवत् २०५८ साल बैशाख २ गते कर विभागका रुपमा स्थापना गरिएको हो ।

अहिले आन्तरिक राजस्व विभाग अन्तर्गत नेपालमा कुल ८४ वटा कार्यलय छन् । विभागका अनुसार ठूला करदाता र मध्यम स्तरीय करदाता कार्यलय गरी ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय रहेका छन् ।

कर दिवसको प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्माले शुभकामना दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal