
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदैछन् । राष्ट्रपति जो बाइडेन प्रशासनको दक्षिण तथा मध्य एसियाली मामिला समेत लुले नै हेर्छन् ।
लु आज साँझ काठमाडौँ पुग्दैछन् । नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ ।
लुले नेपाल रहँदा अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) कार्यान्वयनको लागि पहल गर्नेछन् । सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले परिमारजन नगरी एमसीसी लागु गर्न नसकिने अभिव्यक्ति दिएको केही दिनमै लु नेपाल आउन लागेका हुन् ।
स्रोतका अनुसार लुले एमसीसी कार्यान्वनको लागि प्रधानमन्त्री देउवासँग छलफल गर्नुको साथै अन्य राजनीतिक दलका शिर्ष नेताहरुसँ आफै र कुटनीतिक निकाय परिचालन गरेर पहल गर्ने छन् ।