आज :

चार न्यायाधीश इजलासमा फर्किएः प्रधानन्यायाधीश जबरालाई राहत, बारको आन्दोलन तुइने 

काठमाडौं । इजलास बहिस्कार गर्दै आएका सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग्दै बहिस्कार गरेका उनीहरु सोमबारबाट नियमित इजलास फर्किएका हुन् ।

प्रधानन्यायाधीश जबराको राजिनामा माग्ने आन्दोलनलाई सहयोग गर्दै आएका न्यायाधीश बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मी इजलासमा फर्किएका छन् । उनीहरुले आज प्रधानन्यायाधीश जबराले तोकेको संयुक्त इजलासमा बसेका छन् ।

यसअघि संयुक्त इजलासमा नबसेका उनीहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाइ गरेका छन् । यसअघि सुरुका केही दिनमा बन्दी प्रत्यक्षीकरणसमबन्धी मुद्दाको मात्रै सुनुवाइ गरेका थिए । बारले आन्दोलन चर्काउँदै लगेपछि सबै न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणका मुद्दाको समेत सुनुवाइ गरेका थिएनन् ।

प्रधानन्यायाधीशको राजिनाको लागि एक भएका न्यायाधीशहरुबीचमै फाटा आएको छ । उनीहरुबीच कुरा नमिल्दा पाँच जना न्यायाधीशहरु आजबाट नियमित इजलासमा फर्किएका छन् । यसले जबरालाई केही राहत मिलेको छ ।

आज पनि सर्वोच्च अदालतको गेटमा कानुन व्यवसायीहरुले धर्ना दिइरहेका छन् । यसैबीच नेपाल बार एशोसिएसनले न्यायाधीशहरुसँग छलफल आयोजना गरेको छ । उक्त छलफलमा पाँच जना न्यायाधीश गएका छैनन् । यसले पनि बारको आन्दोलन अब केही दिनमै तुइने सक्ने अनुमान गरिएको छ ।

बारकै केही पादाधिकारी नै अहिलेको आन्दोलनसँग असन्तुष्ट छन् । मुद्दाको सुनुवाइ सुरु भएपछि केही कानुन व्यवसायीहरु बहसमा पुगेका छन् । सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दा वकिल बहसमा नगए उनीहरुविरुद्ध जनआक्रोस बढ्ने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal