आज :

नेकपाको नेपाल बन्दः काठमाडौंसहित देशभर ठप्प, सडक सुनसान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आह्यवान गरेको नेपाल बन्दले देशभरको जनजीवन ठप्प भएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको थियो ।

बन्दका कारण राजधानी काठमाडौंसहित लामो र छोटी दुरीमा चल्ने सार्वजनिक तथा निजि सवारी साधन चलेका छैनन् । त्यस्तै, उद्योग, बजार, शैक्षिक संस्था ठप्प छन् ।

सडकमा बन्दकर्ता नाराबाजी गरिरहेका छन् । यसअघिका बन्दमा नेकपाका कार्यकर्ता सडकमा आउन नसक्ने भएका कारण यातायातका साधन चलेपनि यस पटक भने सडक सुनसान छन् ।

देशभरबाट प्रहरीले बन्द गराउँदै हिडेका नेकपा केन्द्रीय सदस्यसहित दुई दर्जन नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । काठमाडौंबाट विहानै ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काभ्रेबाट नेकपाका केन्द्रीय सदस्य मोहलाल चन्दसहित १३ जनालाई प्रहरीले गिर.फ्तार गरेको छ ।

प्रहरीका अनुसार साँखु र महाराजगञ्जबाट नेकपाका काठमाडौं जिल्ला सदस्य रामकृष्ण गिरी, भुवन तामाङ र सुकबहादुर तामाङपसहित पक्राउ परेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal