आज :

मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने निगम र सरकार दलालका मतियारः अध्यक्ष गजुरेल (भिडियो पनि हेर्नुस)

काठमाडौं । अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले जनताको दैनिकीलाई नै संकटपूर्ण बनाउने नेपाल सरकार र आयल निगम दलालहरुको मतियार भएको आरोप लगाएका छन् ।

सोमबार राजधानीको संवाद डबलीले पेट्रोलियम पदार्थ मूल्यवृद्धि र जारी आन्दोलनबारे गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष गजुरेलले कर घटाएर भएपनि मूल्य तत्काल फिर्ता गर्न चेतावनी दिए ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका अध्यक्ष गजुरेलले विद्यार्थी र जनताले आन्दोलन गर्दा पनि सरकारले कानमा तेल हालेर बसे त्यसको भयावह अवस्था आउने र सम्पूर्ण जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने बताए ।

अध्यक्ष गजुरेलले आयल निगम माफिया र तस्करहरुको लुटि खाने आधार भएको र त्यसलाई तत्काल पुनर्संरचना गर्नसमेत उनले सरकारसँग माग गरे । उनले मूल्यवृद्धि फिर्ता नभएसम्म आफूहरुको आन्दोलन जारी रहेन समेत बताए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal