आज :

‘केपीले जनताको आवाज सुनेन र गए, मूल्यवृद्धि फिर्ताको अवाज नसुने देउवाको पनि हालत त्यही हुन्छ’(भिडियो पनि हेर्नुस)

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले विगतमा केपी ओलीले जनताको आवाज नसुनेकोले उनको प्रतिगमनकारी दम्भलाई आफूहरुले सडकबाट ढाल्नु परेजस्तै प्रधानमन्त्री शेरबहादुर देउवा पेट्रोलियम पदार्थको मूल्य फिर्ताको आन्दोलनबारे सुन्नु पर्ने धारणा राखेका छन् । जनताको आवाज नसुने देउवाको पनि ओलीकै हालत हुने बताए ।

सोमबार राजधानीको संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग समेत गरेका छन् ।

आफूहरुले बारम्बार जनविरोधी कामहरुको विषयमा आन्दोलन गर्नुपर्ने विडम्बना रहेको बताउँदै भने, “विगतमा पनि अराजक केपी ओलीले जनताको स्वर सुनेन, अहिले देउबाको नेतृत्वमा सुन्ने सरकार बनाएका छौं, आशा छ उहाँले पेट्रोलियम पदार्थको मूल्य घटाउनु हुनेछ ।”

अध्यक्ष पराजुलीले जनताको समस्या चुलिएको र जनताको दैनिकीमा समस्या ल्याएर आक्रान्त पार्नेहरु जनताको आन्दोलन अगाडि झुकेको र निगम र सरकार पनि झुक्नु पर्ने बताएका छन् । उनले आन्दोलन चर्किदै जाँदा जे पनि हुन सक्ने चेतावनी दिँदै भने, “निगमका प्रमुख, कर्मचारीका घरका, गाडीका सिसा फोर्न र बाटो छेक्न नपरोस् ।”

आयल निगमभित्रको व्यापक भ्रष्टाचार छानविन गर्न सरकारसँग माग गर्दै अध्यक्ष पराजुलीले निगमको नेतृत्व छान्ने प्रक्रिया नै भ्रष्टाचार गर्ने किसिमको भएकोले त्यसलाई पनि परिवर्तन गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal