आज :

अध्यक्ष पञ्चा सिंहको उद्घोष– आफ्नै पार्टीको सरकार भएपनि मूल्यवृद्धिको कडा प्रतिवाद गर्छौ (भिडियो पनि हेर्नुस)

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) अहिलेको सरकारमा भएपनि उसले गर्ने नराम्रा कामप्रति खरो उत्रने बताएकी छन् । हालै आयल निगमले गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिलाई खारेज नगरे आन्दोलन जारी राख्ने उद्घोष गरेकी छन् ।

सोमबार राजधानीको संवाद डबलीले आयोजना गरेको कार्यक्रममा सिंहले पेट्रोलियम पदार्थ सम्बन्धि गरेको अन्दोलन जनताको पक्षमा नहुन्जेल जारी राख्ने बताइन् । निगमले बारम्बार पेट्रोलियम पदार्थको मूल्य समायोजनका नाममा जनताको ढाड सेकाउने कार्य गरेकोले पछिल्लो समयमा बढाईको मुल्य नघटाए कडा आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।

अध्यक्ष सिंहले अत्याधिक मुल्य बृद्धि गर्दा पनि घाटा भयो भन्ने कुरा हास्यास्पद भएको बताउँदै प्रश्न गर्दै भनिन्,“भारतबाट ८३ रुपैयाँमा खरिद गरेर नेपालमा १ सय ३६ मा बिक्रि गर्दा पनि अझै घाटा भयो रे कसले पत्याउने ?” सोमबारै आपूर्ति मन्त्रालयमा छलफल भएको विषयलाई उप्काउँदै, निगमको व्यवस्थापन समिति असफल भएकोले बर्खास्त र बृद्धि भएको मूल्य खारेज गर्नु पर्ने सर्त राखेर वार्ता स्थगित गरेको बताइन् ।
अध्यक्ष सिंहले भारतबाट आवश्यकताभन्दा बढी तेल आउने र त्यसको हिसाब गायब रहनु, आयल निगमजस्ता संस्थामा जानलाई मानिसको लुछाचुडीले पनि त्यहाँ भ्रष्टाचार हुने कुरा प्रष्ट भएके बताउँदै, अगाडी भनिन्,“जाँदाखेरी बुझाएको वृफकेस निस्कदासम्म असुल्नु पर्यो नि अनि त्यसको भार जनतालाई थोपर्न कहाँ पाइन्छ ।” उनले मुल्य स्थरिकण कोषबापतको १२ अर्ब र बोनस बापतको ३ अर्ब कहाँ प्रयोग र केन्छ प्रश्न गरिन् ।

त्यसैगरी स्वचालित मूल्य समायोजनको मान्यता विपरित निगमले २५ रुपयाँबाट एलपी ग्याँसमा ७५ रुपैयाँ बढाएको र निगमले बढाउने र घटाउने मुल्य सार्बजनिक नगरेको आरोपसमेत लगाइन् । सरकारले सधै घाटा मात्रै भन्ने आयल निगममा हस्तक्षेप गरेर खुल्ला प्रतिस्पर्धाबाट नेतृत्व चयनको वातावरण निर्माण गर्नु पर्ने माग राखिन् ।

आयल निगमका कर्मचारीहरुको वोनसको बिषयमा अफूले विरोध नगरेको बरु आयल निगमलाई घाटा भन्दा नाफा भएको देखाएर घर बंगला अनि गाडीमा चड्न सुझाव दिइन् । आफ्नो पार्टीको जनार्दन शर्मा नेतृत्वको अर्थमन्त्रालयले प्रतिस्थापन विधेयक मार्फत जनतालाई राहत दिने तथा पम्फा भूसाल नेतृत्वको उर्जा मन्त्रालय अन्तरगतको विद्युत प्राधिकरणको जनतालाई १० युनिटसम्मको विद्युत सित्तेमा दिने निर्णय जनताको हितमा भएको भन्दै सम्मान गर्ने बताइन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal