आज :

नेकपाको नेपाल बन्दको पूर्वसन्ध्यामा देशभर मशाल जुलुस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा देशभर मशाल जुलुस भएका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि तथा महङ्गी विरुद्ध नेकपाले भोलि नेपाल बन्दको आह्वान गरेको छ ।

नेपाल बन्द सफल पार्न पूर्वनिर्धारित कार्यक्रमअनुसार नेकपाका कार्यकर्ताहरुले काठमाडौंसहित देशभर मशाल जुलुस गरेका छन् । उनीहरुले सरकारविरुद्ध चर्का नाराबाजी गर्दै नेपाल बन्द सफल पार्न आह्वान गरेका छन् ।

काठमाडौँ महानगरपालिकाको क्षेत्रपाटीमा, दक्षिणकाली नगरपालिकाको फर्पिङ बजारमा, चन्द्रागिरी नगरपालिकाको थानकोटमा, नागार्जुन नगरको डाडापौवा, तारकेश्वर नगरको सेषमती, टोखा नगरपालिकाको टोखा बजार मसाल जुलुस गरेको छ ।

त्यसैगरी बुढानिलकण्ठको कपन क्षेत्रमा, साँखु नगरको साँखु बजारमा बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस गरेको छ । मसाल जुलुसपछि भएको कोणसभाहरुमा बोल्ने वक्ताहरुले भोलिको नेपाल बन्द सबैको सरोकारको विषय भएकाले बन्दलाई सफल पार्न सबैलाई आग्रह गरेका छन ।

त्यसैगरी कैलाली, अछाम, सुर्खेत, दाङ, बुटवल, धरानलगायत देशभरका मुख्य शहर र जिल्लाका विभिन्न स्थानमा सोमबार साँझ मशाल जुलुस निकालिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal