आज :

एकाएक रक्तचाप बढेपछि प्रचण्ड मेडिसिटी अस्पताल भर्ना, कस्तो छ अवस्था ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्पताल भर्ना भएका छन् । शनिबार एकाएक रक्तचाप बढेपछि उनी ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

पछिल्लो दिनमा पार्टीका कार्यक्रमको सिलसिलमा प्रचण्ड कर्णालीदेखि पूर्वी नेपालका भोजपुर पुगेका थिए । कर्णालीबाट फर्केलगत्तै प्रचण्ड काठमाडौंमा पार्टी प्रवेशदेखि भोजपुरका पार्टीका कार्यक्रमम पुगेका थिए ।

कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण रक्तचाप बढेको प्रचण्डको सचिवालयले जनाएको छ ।

अहिले प्रचण्डको रक्तचाप विस्तारै नियन्त्रणमा आइसकेको भएको बताइएको छ । केही घण्टा अस्पतालमै आराम गराएर डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal