
धनगढी । अपराधिक समूहबीचको विवादका कारण कैलालीमा एक जना होनहार युवाको ह;त्या भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ बस्ने भुपेन्द्र बडुवालको मंगलबार करिब ९ बजे चक्कु प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
लामो समयदेखि टिकापुरमा सक्रिय जयन्द्र शाही र नविन रावलको अपराधिक समूहको आन्तरिक विवादका कारणले भडुवालको ज्यान लिएको उनका साथीहरुले बताउँछन् । यी टोले गुण्डा समूहबीच लामो समयदेखि विवाद रहेको थियो ।
दुई अपराधिक समूहले भुपेन्द्रलाई आफ्ना आउन दवाव दिइरहेका थिए । तर, साथीहरुका अनुसार दुबै समूहसँग भुपेन्द्रले आफू रहन नसक्ने बताउँदै आएका थिए । आफ्नो समूहमा नआएका कारण नविन समूहले भुपेन्द्रको ह.त्या गरेको बताइएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका डुप्काबाट आई कैलाली लम्कीचुहा नगरपालिका १ बस्दै आएका डम्बर बडुवालका एक मात्र छोरा २२ वर्षीय भुपेन्द्र बडुवालकलाई नविन समूहले झुक्याएर टिकापुर बोलाएको थियो । प्रत्यक्षदर्शीका अनुसार मंगलबार विहान भुपेन्द्रलाई टीकापुरस्थित कृषि हाट बजार नजिकै बचार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेका थिए ।
हत्यामा संलग्न आर्यन देवकोटासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यसैबीच हत्यारालाई कारवाहीको माग गर्दै आफन्तले पूर्व पश्चिम राजमार्ग अवरोध गरेका छन् ।