आज :

इराकका प्रधानमन्त्रीको निवासमा कसले गर्‍यो ड्रोन हमला ?

काठमाडौं । इराकका प्रधानमन्त्री मुस्तफा अल कदीमीको निवासमा ड्रोन हमला भएको छ । आइतबार बिहान वि स्फोट पदार्थसहितको ड्रोन हमला गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

हमलामा प्रधानमन्त्रीको निवासलाई लक्षित गरिएको हो । इराकी सेनाले प्रधानमन्त्रीको हत्या गर्ने उद्देश्यसहित हमला गरिएको थियो तर उनी सुरक्षित रहेको जानकारी दिएको बीबीसीले जनाएको छ । इराकी सेनाद्वारा जारी विज्ञप्तिमा हमला इराकको राजधानी बगदादको ग्रीन जोन क्षेत्रमा भएको थियो । योभन्दा थप जानकारी उपलब्ध गराइएको छैन ।

सरकारका दुई अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले प्रधानमन्त्रीको निवासमा कम्तीमा एउटा विस्फोट भएको थियो । उनीहरूले पनि प्रधानमन्त्री सुरक्षित रहेको पुष्टि गरेका छन् ।

यसैबीच प्रधानमन्त्री अल कदीमीले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट आफू सुरक्षित रहेको बताउँदै शान्ति कायम राख्न अपिल गरेका छन् ।

हालसम्म कुनै पनि संगठनले आक्रमणको जिम्मेवारी दिएको छैन तर पश्चिमा अधिकारीहरुले इरान समर्थित विद्रोही संगठनहरुले हमला गरेको हुन सक्ने बताएका छन् । ग्रीन जोनमा बसोबास गर्ने पश्चिमी देशका राजदूतहरूले सो क्षेत्रमा विस्फोट र गोलाबारीको आवाज सुनेको बताएका छन् ।

केही दिन यता ग्रीन जोनबाहिर ईरानसमर्थित संगठनका समर्थकहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal