
जाजारकोट । तिहारको मुखमा जिल्लामा ट्याक्टर दुर्घटना भएको छ । जाजारकोटको नलगाड नगरपालिकाको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार कर्णाली प्रदेश ०२००१त २९४ नम्बरको ट्याक्टर नलगाड नगरपालिका-५ झुल्केडाँडामा बुधबार बिहान २ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा नलगाड नगरपालिका- ७ का ३५ वर्षीय चंकलाल बिक, वडानम्बर-५ का २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय दलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ ।
त्यस्तै दुर्घटनामा परी नलगाड नगरपालिका-८ का १७ वर्षीय सह-चालक विनोद परियार घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
- फाइल फोटो