आज :

कर्णालीका मुख्यमन्त्री शाहीले आज मन्त्रिमण्डल विस्तार गर्दै 

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । महेन्द्र बहादुर शाहीले राजिनामा दिएपछि मुख्यमन्त्री नियुक्त भएका शाहीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

नेपाली काँग्रेसका प्रदेशसभा दलका नेता समेत रहेका शाहीलाई प्रदेश प्रमुख कलौनीले संविधानको धारा १६८ (२) अनुसार मंगलबार बेलुका नै मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सत्ता गठबन्धन दलहरुले मन्त्रीको टुंगो लगाउन नसकेका कारण मंगलबार कुनै पनि मन्त्री नियक्ति हुन सकेको थिएन । शाहीलाई मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ गराएका थिए ।

मुख्यमन्त्री शाहीले मंगलबार नै सानो आकारको मन्त्रिपरिषद्समेत बनाउने प्रयास गरेका थिए । सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबण्डाका विषयमा सहमति जुट्न सकेको छैन ।

मुख्यमन्त्री शाहीले मन्त्रिमण्डल विस्तारको लागि मंगलबार नै नेकपा माओवादी केन्दका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए ।

कर्णालीमा नयाँ सरकारमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले कति वटा मन्त्रालय लिने भन्नेबारेमा टुंगो लागेको छैन ।

मुख्यमन्त्री शाहीले आज सानो आकारको भएपनि मन्त्रिमण्डल विस्तारको तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal