आज :

ट्‍याक्सीको नयाँ दर्ता खोल्ने यातायात कार्यालयको प्रस्ताव १० वर्षदेखि विभाग र मन्त्रालयको दराजमा

काठमाडौँ । बागमती प्रदेशको सानाठूला सवारी साधन यातायात कार्यालयका कार्यालय प्रमुख नेत्र भट्टराईले सरकार र यातायात व्यवसायीको मिलोमतोमा ट्याक्सीको दर्ता नखोलेको स्पष्ट पारे ।

सरकारले नँया ट्याक्सीको दर्ता किन नखोलेको भनेर प्रश्नमा उनले भने, “बागमती अञ्चल यातायात कार्यालयले २०६९ साल पुसमै नयाँ ट्याक्सी आवश्यकता छ भनेर नयाँ ट्याक्सी दर्ता खोल्नको लागि यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयसँग माग गरेको थियो । तर, अहिलेसम्म प्रदेश यातायात व्यवस्था विभाग र यातायात मन्त्रालय र संघीय यातायात मन्त्रालयले चासो नदिएको उनको भनाइ छ । २०६९ सालमा पाँच हजार नयाँ ट्याक्सीको आवश्यकता छ भनेर विभागसँग माग गरेको थियो ।”

२०६९ सालपछि जनसंख्या तीव्र रुपले बढेको छ बताउँदै विभागसँग पाँच हजार नयाँ ट्याक्सीको दर्ता खोल्नपर्छ माग गरेको दश वर्ष हुन लागेको भट्टराई बताउँछन् । उनले यात्रुले पैसा तिरेरपनि ट्याक्सीबाट राम्रो सेवासुविधा नपाएको बताउँदै लक्जरियस् ट्याक्सी खुलाउनको लागि लिखित मन्त्रालय पठाएको बताए ।

जनताको आवश्यकता अनुसार नयाँ ट्याक्सीको दर्ता खोल्न सरकारले ढिला गरिरहेको छ । ट्याक्सी व्यवसायीले नयाँ ट्याक्सीको दर्ता खोल्न कुनैपनि हालमा खोल्न दिँदैनन् । ट्याक्सीको नयाँ दर्ता मन्त्रालय, प्रदेश र विभागले खोल्ने हो । एक दशकअघि नै टिप्पणी उठाएर पठाएको हौं तर सुनुवाइ अहिलेसम्म सुनुवाई नभएको भट्टराई बताउँछन् ।

सरकारले सिण्डिकेट हटाए भनेपनि नयाँ ट्याक्सीको दर्ता खोलेको छैन् । ट्याक्सी व्यवसायी र मन्त्रीहरुको चलखेलमा यो प्रस्ताव रोकिएको बताइएको छ । नयाँ ट्याक्सीको दर्ता तत्कालै खोल्नपर्छ भन्ने पक्षमा यातायात कार्यालय रहेपनि मन्त्रालय र विभागले रोकेको छ ।

अहिले भएको ट्याक्सी सबै ७९६ सिसी मारुती हो । नयाँ ट्याक्सी १२०० सिसीमुनिको ट्याक्सी दर्ता गर्न नदिन यातायात कार्यालयका कर्मचारी बताउँछन् । त्यस्तै, २० वर्षे पुराना ट्याक्सीको स्क्याब गरेको नम्बर प्लेटमा सट्टाभराना नदिन पनि कार्यालयले लेखेर पठाएको छ ।

२०७१ भदौ १९ गतेको मन्त्रीपरिषद्को बैठकले यातायात व्यवस्था विभागको डिजी र यातायात मन्त्रालयको सचिवको नेतृत्वमा कमिटी गठन गरेको थियो । कमिटीले ७ दिनभित्र नयाँ ट्याक्सीको दर्ता खोल्नको लागि प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । प्रतिवेदनमा कति सिसीको ट्याक्सी खोल्ने, कति संख्या, देशैभर ट्याक्सी खोल्ने भनिएको थियो ।

तर, ट्याक्सी व्यवसायीहरुले नयाँ ट्याक्सीको दर्ता खोल्दा कमाइ घट्छ खरिदबिक्रीको मुल्य घट्छ भनेर कमिटीलाई बैठक बस्न दिएनन् । कमिटीले प्रतिवेदन बुझाउन सकेन म्याद त्यत्तिकै सकियो । अहिलेको यातायात मन्त्री र प्रदेश सरकारको पनि ट्याक्सी खोल्ने कि नखोल्ने भनेर आयोग गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal