
काठमाडौं । सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको विमानस्थलमा दुर्घटना भएको छ । हुम्ला सिमिकोट उड्ने क्रममा धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको हो ।
मंगलबार विहान हुम्लाको सदरमुकाम सिमिकोट उड्ने क्रममा जहाज बँदेलसँग ठोक्किएको बताइएको थियो । जहाज धावनमार्गमा गुडिरहेको बेला ठोकिएको भएर ठूलो क्षति भएन । तर, जहाजको अगाडिको र पछाडिको टायरको बीच भाग ( तल्लो पेट) मा प्वाल परेको छ ।
जहाजमा १४ यात्रु थिए । सबै सकुशल रहेको छन् । यात्रु र कार्गो बोकेको
दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । जहाज धावनमार्गमै रहेका कारण केही समय विमानस्थल बन्द गरिएको थियो ।