
काठमाडौँ । नेपाल बार एशोसिएसनको नेतृत्वमा कानून व्यवसायीहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा गर्दै विरोध प्रदर्शनमा उत्रिएका छन् । आइतबार कानून व्यवसायीहरुले कालोपट्टी बाँधेर विरोध प्रदर्शनमा उत्रिएका छन् ।
पूर्वघोषित कार्यक्रमअनुसार कानून व्यवसायीहरुले १० बजेबाट कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध प्रदर्शन गरेका थिए । बारले प्रधानन्यायाधीश जबराले न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको आरोपमा विरोधका कार्यक्रम घोषणा गरेको छ ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिका शुद्धीकरणका लागि संविधान संशोधनसम्मको माग अघि सार्ने उद्घोष गरे । उनले प्रधानन्यायाधीश जबराको राजीनामा दिनुपर्ने भन्दै हाल संविधानमा रहेको न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्थाले न्यायालयमा विकृति देखिएको दाबी समेत गरे ।
उता प्रधानन्यायाधीश जबरा भने राजीनामा नदिने अडानमा छन् ।