
मनाङ । नेपाल कम्युनिस्ट पार्टीले जिल्लामा सांगठानिक अभियान सुरु गरेको छ । विप्लव नेतृत्वको नेकपाका मनाङ सेक्रेटरी भीम चापागाईँको नेतृत्वमा पहिलो चरणको अभियान अन्तरगत सुरु भएको हो ।
अभियानलाई दुई चरणमा सम्पन्न गर्ने नेकपा मनाङले जनाएको छ । पहिलो चरणमा जिल्लााभरी प्रचारात्मक र दोस्रो चरणमा संगठन विस्तार गरी अभियान सम्पन्न गर्ने सेक्रेटरी भीमले जानकारी दिएका छन् ।
अभियान अन्तरगत प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहित जिल्लास्थित सरकारी कर्मचारीसँग छलफल गरेका सम्पन्न भएको छ । त्यस्तै, नासोङ, चामे, मनाङ गाउँपालिकाका जनप्रतिनिधिसँग पनि नेकपाको टोलीले भेटेर जनताको गुनासो पार्टीमा आएको भन्दै सेवा प्रवाहलाई छिटो र छरितो गर्न सुझाव दिएको छ ।
राजनीतिक दलहरुसँगको भेटमा सेक्रेटरी चापागाईँले अहिलेको व्यवस्थाले जनताको अधिकार ग्यारेण्टी नगरेकोले आफ्नो पार्टीले जनमत संग्रहमार्फत जनताको व्यवस्था स्थापना गर्ने बताएको छ । उनले मन्त्री र सांसद नभएर जनताले आफ्नो व्यवस्थाको लागि भोट हाल्ने चुनावको लागि माहोल बनाउनु पर्नेमा जोड दिए ।
विशेष कमिटी सदस्य निरुसहितका नेकपाका जिल्ला नेताहरु अभियान टोलीमा रहेको नेकपा मनाङले जनाएको छ ।