आज :

कर्णाली जलश्रोतको सातौं साधारणसभाः एक बर्षभित्र अपर चौरीखोला आयोजनाबाट बत्ति बाल्ने

काठमाडौं । कर्णाली जलश्रोत लिमिटेड (कार्जल) का अध्यक्ष लोकबहादुर रावतले अबको एक वर्षमा अपर चौरीखोला जलविद्युत आयोजनालाई सम्पन्न जानकारी गराएका छन् । राजधानीस्थित संवाद डबलीमा शनिबार सम्पन्न भएको कार्जलको सातौं साधारणसभा समक्ष प्रगति विवरण तथा आर्थिक आयव्यय विवरण पेश गर्दै अध्यक्ष रावतले कार्जल मुख्य कम्पनी रहेको चौरीखोला जलविद्युत आयोजनाको तीब्र गतिमा अगाडि बढिरहेको रावतले जानकारी गराए ।

अध्यक्ष रावतले गत साउन १५ मा कर्णाली जलस्रोत लिमिटेड माउ कम्पनी रहेको हिमालय वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि. र दुई सरकारी बैंक (राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक) ले संयुक्त लगानी गरेर वित्तिय व्यवस्थापन गर्ने सम्झौता भएपश्चात निर्माण कार्यले गति लिएको बताए । आफूहरुको झण्डै एक दशकको संघर्षपूर्ण यात्राले सफलताको दिशा पकडेको र अब जसरी भएपनि निर्धारित समयसीमा भित्र बत्ति बाल्ने चुनौती बाहेक अन्य समस्या नरहेको बताए ।

साधारणसभामा अध्यक्ष रावतले भने,“दुइओटा सरकारी बैंकहरुसँगको संयुक्त सम्झौताले आर्थिक समस्या हुँदैन । नेपाल विद्युत प्राधिकरणसँग पीपीए भएकाक कारण उत्पादन गरेको बिजुलीको मार्केटको पनि चिन्ता छैन, अनि लगानीकर्ताहरुको लगानी डुब्ने त कुरै भएन, बरु कार्जलको तर्फबाट लगानी गर्नुपर्ने हिस्सा भने अलि अपुग भएको छ, तपाईँहरुको संकटको घडीको साथ अमूल्य छ, त्यसका लागि धन्यवाद, अब लगानी थपेर सहयोगको अपेक्षा राख्छौं ।”

काभ्रे र रामेछापको बीचमा रहेको चौरीखोलामा बन्न लागेको ६ मेगावाट आयोजनामा १ अर्ब १२ करोड कुल लागतमा निर्माण कार्य दु्रत गतिमा बनिरहेको छ, जसमा आयोजना कम्पनीले ३५ प्रतिशत र ६५ प्रतिशत लगानी दुई बैंकले गर्ने भएका छन् । ६५ प्रतिशतलाई सय प्रतिशत मानेर राष्ट्रिय वाणिज्य बैंकले ६० प्रतिशत र कृषि विकास बैंकले ४० प्रतिशत लगानी सम्झौता भएको थियो ।

कार्जलका कानुनी सल्लाहकार लालबहादुर बस्नेतले स्थापना कालदेखि नै आफू सँगै रहँदाको अनुभव सुनाउँदै भने,“सञ्चालकहरुको दृढ प्रतिबद्धता, विश्वसनियता, कार्यप्रति लगनशीलता, पारदर्शीताको परिणाम कार्जलको पहिलो प्रोजेक्ट अपर चौरीखोला आयोजना बन्ने निश्चित भएको छ, यो टिमसँग रहन पाउँदा गर्वको महशुस भएको छ ।” बस्नेतले कानुनीदेखि लगानीकर्ताहरुको लगानी सुरुक्षाको विश्वसनियताको बलियो वातावरण सबै समक्ष प्रष्ट भएकोले सम्पूर्ण शेयर धनीहरुलाई लगानी थप्न सुझाव समेत दिए ।

कार्जलका बोर्ड सदस्य भैरवबहादुर बोहोराले आफूह्रुले छिट्टै अपर चौंरीखोला आयोजना सम्पन्न गरि अन्य दुईओटा आयोजना बनाउने तयारीमा लागिसकेको बताए । साधारण सभामा सदस्य अमर नारायण मालीले शेयर धनीलाई स्वागत गर्दै ढुक्कसँग लगानी गर्न आग्रह गरे ।

साधारणसभामा कार्जल माउ कम्पनी रहेको हिमालय वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि.का अध्यक्ष जुद्धबहादुर गुरुङ लगायतको उपस्थिति थियो ।


प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal