
काठमाडौं । सर्वोच्च अदालतभित्रको विवादलाई दिएर वकिलहरुबीच कुटाकुट भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामालाई दिएर कुटाकुट भएको हो । नेपाल बार एशोसिएसन परिसरमा कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच कुटाकुट भएको थियो ।
न्यायाधीशहरुले इजलास बहिस्कार गरेको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । अधिवक्ता चुडालले “सबै वकिल धनी छैनन्, इजलास नबस्दा चल्न गाह्रो भयो” भनेका थिए ।
नजिकै रहेका न्यौपानेले गएर उनलाई हप्काउँदै धकेलपकेल गरिरहेका थिए । उनले गेटभन्दा बाहिर धपाउन थालेका थिए । उनले प्रधानन्यायाधीशले किन राजीनामा दिने भन्दै उनले कोट तानेको वकिलहरुले बताएका छन् ।
अधिवक्ता चुडालले आफूमाथि दुव्र्यवहार भएको भन्दै कानूनी बाटोबाट न्याय खोज्ने बताएका छन् ।