
सार्वजनिक यातायातले सरकारले तोकेभन्दा बढी भाँडा लिने गरेको पाइएको छ । फुटकर पैसा नभएको बहाना बनाउँदै यातायात व्यवसायीले यात्रु ठग्ने गरेको छन् । खुद्रा पैसा चलनचल्तीमा नरहेको भन्दै सहचालकहरुले बढी भाँडा असुलिरहेको छन् ।
माइतीघरबाट ट्याम्पु चढेको श्यामलाल श्रेष्ठले पुल्चोक पुगेपछि बीस रुपियाँ दिए । तर ट्याम्पु चालकले भने दुई रुपियाँ फिर्ता दिएनन् । उनले दुई रुपियाँ फिर्ता माग्दा ट्याम्पु चालकले आफुसँग नभएको बताए । श्रेष्ठले भने, फिर्ता त राख्नुपर्छ नि । तर, ट्याम्पु चालकले उल्टै श्रेष्ठलाई हप्काए ।
राधेराधेबाट बस चढेकी सिर्जना खतिवडाले गठ्ठाघर पुगेको बीस रुपियाँ तिर्नुपप्यो । दुई रुपियाँ फिर्ता माग्दा सहचालकले चलनचल्तीमा नरहेको भन्दै फिर्ता दिएनन् । किन किचकिच गरिरहनु भनेर खतिवडाले दुई रुपियाँ त्यत्तिकै छोड्दिन् ।
कतिपयलाई किन दुई रुपियाँको किन किचकिच गरिरहनु जस्तो लाग्न सक्छ । तर समग्रमा भन्ने हो एक जनाबाट दुई रुपियाँ उठाउँदा यातायात व्यवसायीलाई निकै नाफा हुने गरेको छ । यातायात व्यवसायीहरुलाई सरकारले तोकेको भाडाले नपुगेर यात्रु ठगेको सर्वसाधारण बताउँछन् ।
यातायात व्यवसायीहरुले हरेकचोटी सरकारलाई धोती लगाउँदै ऐनकानुन थन्काउँदै जनता ठग्ने गरेको छन् । यातायात व्यवसायीहरुले आफैलाई सरकार ठानेको छन् । दिउँसै रात पारेर जनता ठग्ने नै यातायात व्यवसायी हुन् । सरकारले दूरीको आधारमा भाँडा बढाउने गरेको छ ।
अहिले बढाइएको भाँडा भागबण्डासमेत गरिएको छैन् । एक किलोमिटरबाट पाँच किलोमिटरसम्म बागमती प्रदेश सरकारले तोकेको भाँडा १८ रुपियाँ हो । तर यातायात व्यवसायीहरुले एक किमि यात्रा गर्नेसँगै बीस रुपियाँ लिने गरेको छन् । चानचुन नभएको जनाउदै दुई रुपियाँ फिर्ता पनि दिँदैनन् ।
२३ को ठाउँमा २५ रुपियाँ र २७ को ठाउँमा ३० रुपियाँ लिने गरेको छन् । तर पनि सरकार बेखबरझै बसेको छ । खुद्रा पैसा बोक्न यात्रुहरुलाई निकै असहज हुने गरेको छ । त्यसैले अहिले अधिकांशले फुटकर पैसा आफ्नो साथमा राख्दैनन् । यसरी आफुखुसी भाँडा यात्रुसंग असुल्दा ट्राफिक महाशाखा के हेरेर बसेको छ ?
बढी भाडा लिनेलाई कारबाही गर्नुपर्ने ठाउँमा सरकार पक्ष यातायात व्यवसायीकै पक्षमा रहेर बोल्छन् । भाडा बढाउनलाई यातायात व्यवसायीले आन्दोलन गरेका थिए । सार्वजनिक यातायात सबैको आवश्यकताको साधन हो । जसको फाइदा यातायात व्यवसायीले उठाएका छन् ।
सर्वसाधारणलाई काममा जान ढिला भइरहेको बेला यातायात व्यवसायीहरुले गाडी लगेर बाटोमा तेस्याए । त्यस्ता यातायात व्यवसायीलाई कारबाही गर्नुको सट्टा सरकारले भााडा बढाएर आन्दोलन गर्ने हौसला बढायो । हाम्रो महासंघले मन्त्रीदेखि ट्राफिक महाशाखाका हाकिमलाई किनेका छन् भनेर यातायात व्यवसायी खुला रुपमा बताउँछन् ।
उपत्यकामा एक दिनमा अठार लाख मान्छेहरु गााडी चढ्ने गर्दछन् । बिहान काममा जाँदा र बेलुका कामबाट फर्किँदा एउटा यात्रुबाट दैनिक चार रुपियाँ ठगिन्छन् । एउटा मान्छे दिनमा पाँच चोटीसम्म गाडी चढ्न सक्छन् । बस, माइक्रोबस र ट्याम्पुहरुले उपत्यकाबाट मात्रै दैनिक असी लाख रुपियाँ ठग्ने गरेको अनुमान छ ।
तर, यातायात व्यवस्था विभाग र ट्राफिक महाशाखा आर्थिक लेनदेनमा मौन बसेको छ । सरकारको एकदमै कमजोर नितिनियमको कारण यात्रु ठगिने क्रम जारी नै छ । यातायात व्यवसायीले जति माग्यो यात्रुले त्यति ने तिर्नुपरेको छ ? आखिरी यातायात व्यवसायीको दादागिरी हट्छ कहिले ? सेवासुविधाको प्रयोग नै नगरि पैसा तिर्नुपरेको छ । जनताको पैसाचाहि पैसा होइन् ? एक रुपिँया कमाउनलाई पनि कति संघष गर्नुपर्छ । बागमती प्रदेश सरकारले भाडाचाहि बढायो तर अनुगमनमा निस्किएन् । भाडा बढाउँदैमा यात्रुले सेवासुविधा पाउने हुन् ।
बागमती प्रदेश सरकारले जनतालाई केही दिन त सकेन् तर यातायात व्यवसायीलाई धेरै उपहार दियो । सरकारले जसको नुन खाएको छ ऊसंगै धोका गरेको छ । दिउसै रात पारेर जनता ठग्ने, अनि अझै हामी जनतालाई सेवा दिइरहेको छौ भन्न यातायात व्यवसायीहरुलाई लाज लाग्दैन् ।
जनताले सरकारले तोकेभन्दा दोब्बर भाँडा तिरेका छन् । महंगीको मारमा फेरिपनि जनता नै परेको छन् । तरपनि सरकारले बढाएको भाडाप्रति हामी सन्तुष्ट छैनौ भन्न यिनीलाई अलिकति पनि लाज लागेन् । गाडीको भाडा बढाउदा कतिपय चीजबीजमा मुल्यवृद्धि हुन्छ ।
यत्रो भाडा बढाउदा जनता सिधैं मर्नुपर्नेको स्थिति आएको छ । बागमती प्रदेश सरकारले सोच्दैनसोची भाडा बढायो । तर जब अनुगमन गर्ने बेलामा खोइ प्रदेश सरकार ? ट्राफिक महाशाखा र विभाग कहाँ छ ?
यात्रुलाई यातायात व्यवसायीले लुट्नसम्म लुटेको छन् । तैपनि ट्राफिक प्रहरीहरुलाई अनुगमनमा खासै चासो छैन् । एउटा सार्वजनिक सवारीमा दैनिक दुई हजार यात्रु चढ्ने ओर्लेने गरेको अनुमान छ । यत्रो यात्रु यातायात व्यवसायीबाट ठगेको छन् । भेडाबाख्रा जसरी यात्रु कोचिएका छन् । तापनि बोल्न सक्ने स्थितिमा कोही पनि छैनन् । बोल्यो कि पोल्यो भनेको जस्तो नेपालको यातायात क्षेत्र । जति नै चिच्याएपनि बढी भाडा लिन छोड्दैनन् ।
विधार्थी, ज्येष्ठ नागरिक, अपांगलाई भाडा छुट दिँदैनन् । त्यही पनि यिनीहरुलाई केलाई कारबाही गरिँदैन् ? भाँडा लिष्टमा ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागको फोन नम्बर केलाइ लेखिदैन् ? कतिपय सार्वजनिक यातायातमा त भाडा लिष्ट नै छैन् ।
सार्वजनिक यातायातका सिट सबै लथालिङ्ग भइसकेको छ । सिटमा बस्दा लुगा च्यातिने हो कि भन्ने डरले बस्नुपर्ने बाध्यता छ । बढी भाडा तिरेर पनि भरपर्दो सेवासुविधाको प्रत्याभुति यातायात व्यवसायीले यात्रुलाई गराउन सकेको छैनन् । चालक र सहचालकले मदिरा सेवन गरि गाडी चलाउन गरेको छन् ।
गाडी दुर्घटना गराएर जनता मार्ने काम पनि यातायात व्यवसायीद्वारा भइरहेको छ । नेपालका सार्वजनिक यातायातमा यात्रा गर्ने नपरेजस्तो हुन्छ । सिटका खोलहरु पनि उत्तिकै मैलो, सहचालक चालकको बोली पनि त्यत्तिकै रुखो । यस्ता सेवासुविधा नभएका सवारीलाई जनताले यत्रो भाडा तिर्नपरेको छ ।
बढी भाडा लिएको गुनासोहरु अहिले निकै बढ्न थालेको छ । सरकार कानमा तेल हालेर बसेको छ । जनता सधैं ठगिनुपर्ने नै हो ? जनतासँग बढी लिएको भाडा पनि फिर्ता गराइएको छैन् । २०७८ असोज १८ गते यातायात व्यवसायीले आन्दोलन गरे । वैज्ञानिक भाडादरको माग राख्दै भएको आन्दोलनमा यातायात व्यवसायी सफल भए ।
बागमती प्रदेश सरकारले २०७८ असोज २५ गते २३ प्रतिशत भाडा बढाउने निर्णय गप्यो । सरकारले तोकेजति भाडा लिने भए पो । के गर्नु देश नै ठगहरुले चलाएको छन् । यातायात क्षेत्रमा कहिले पनि परिवर्तन नहुने नै भयो । यता, एक किमि यात्रा गर्नेले नै बीस रुपियाँ तिर्नुपरेको छ । तर हुनुपर्ने ४ रुपियाँ ५० पैसा हो ।