
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थाइल्यान्ड र इटली लगायतका देशबाट महँगा सामानले निवास समजाएको खुसाला गरेका छन् । ओलीले प्रधानमन्त्री हुँदा विदेशबाट महंगा सामान ल्याएर सरकारी निवास बालुवाटारमा सजाएर राखेको प्रचण्डले बताए ।
शुक्रबार चितवनमा आयोजित पार्टी कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ओलीले आफूले कहिल्यै बालुवाटार छोड्न नपर्ने सोचेर प्रधानमन्त्री निवास र सचिवालय बनाउने क्रममा महँगा विदेशी सामान ल्याएर थुपारेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, “केपीले त अब मैले त्यो दरबार जिन्दगीभर छोड्नुपर्दैन भन्ने ठानेका रहेछन् । थाइल्यान्ड, इटाली र रोमबाट यति महँगा महँगा समान ल्याएर थुपारेका रहेछन्, त्यो देख्दा अरु त अरु शेरबहादुर देउवा पनि जिब्रो टोक्नुभएको छ ।” ओलीले राजा भएँ भन्ने ठानेको भन्दै प्रचण्डले गठबन्धनमा छलफलसमेत भएको बताए ।
ओलीले विदेशबाट अर्बौंको सामान ल्याएको कुरा जनताले पनि जानकारी पाउने पर्ने बताउँदै प्रचण्डले चुनावमा जनतालाई नै फैसला गर्न दिनु पर्नेमा जोड दिए । ओलीले बालुवाटार छोड्नु नपर्ने सोचेर नै त्यस्ता महंगा सामान थुपारेर राजकीय सान देखाएको बताए ।