आज :

नेकपा काठमाडौंले एमसीएको मुख्य कार्यालयमै पुगेर दियो यस्तो पत्र, एमसीसी पदाधिकारी तनावमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन कार्यालय एमसीए बन्द गर्न पत्र बुझाएको छ । नेकपाको काठमाडौँ जिल्ला संगठन समितिले मंगलबार होटल याक एण्ड यतिमा रहेको मुख्य कार्यालयमै पुगेर कार्यालय बन्द गर्न पत्र बुझाएको हो।

नेकपाका काठमाडौँ सेक्रेटरी तुलसीनाराणको नेतृत्वमा गएको टोलीले एमसीसीसँग भएको एमसीए सम्झौता राष्ट्रहितमा नभएकोले आफ्नो पार्टीले सुरुदेखि नै विरोध गर्दै आएको जानकारी समेत गएको थियो ।

एमसीसी सम्झौता नेपालको सार्वभौमिता, स्वधीनता, संविधान विपरित भएको कुरा सम्झौतामा भएका बुँदाले स्पष्ट पारेको भन्दै जनताले विरोध गर्दै आएको पत्रमा उल्लेख छ ।

एमसीसी सम्झौता संसदबाट पारित नहुँदै काठमाडौँसहित सम्बन्धी जिल्लामा एमसीए कार्यालय स्थपना गरी राष्ट्रहित विपरित परियोजना जबरजस्त लाद्न खोजेको भन्दै नेकपाले आपत्ति जनाएको छ ।

“नेपाल सरकारले समेत संसदबाट अनुमोदन गर्न नसकेको स्पष्ट हुँदाहुँदै यो दलाल पुँजिवादी सत्ताको नालायकीपनको नाजायज फाइदा उठाएर एमसीसीले काठमाडौँसहितका जिल्लाहरुमा कार्यालय खोजेकोप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ । राष्ट्रघाती सम्झौतालाई जबरजस्त यसरी लाद्ने कूचेष्टा नगर्न हामी चेतावनी दिन चाहन्छौंँ” सेक्रेटरी तुलसी नारायणले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

नेकपाले एमसीएको कार्यालय होटल याक एण्ड यतिबाट तुरुन्त हटाई देशको स्वाभिमान र सार्वभौमिकताको संघर्षमा सहयोग गर्न आग्रह समेत गरेको छ ।

यसैबीच नेकपाले मकवानपुरको हेटौडा र पाल्पामा रहेको एमसीए कार्यालपनि हटाउन भन्दै पत्र बुझाएको थियो । नेकपाले एमसीए कार्यालय हटाउन भन्दै पत्र बुझाउन थालेपछि एमसीसी पदाधिकारी समेत तनावमा रहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal