आज :

काठमाडौंमा आजबाट कोरोनाविरुद्धको अष्ट्राजेनेका खोपको दोस्रो डोज सुरु, यी हुन् केन्द्रहरु !

काठमाडौं । आजबाट काठमाडौंमा कोरोनाविरुद्धको अष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन सुरु भएको छ । काठमाडौं  महानगरपालिकासहित आठवटै नगरपालिकामा आजबाट खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अष्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका १८ वर्ष माथिका नागरिकहरुलाई दोस्रो मात्रा लगाउन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा अष्ट्राजेनेकाको दोस्रो डोज लगाइनेछ ।

काठमाडौं महानगरपालिकाको हकमा बीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति अस्पताल, निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)बाट पनि खोप लगाउन सकिने छ ।

अस्पतालहरुमा आज र भोलि दुई दिन खोप कार्यक्रम राखिएको छ भने पालिकाले तोकेका खोप केन्द्रहरुमा भने आजबाट तीन दिनसम्म खोप कार्यक्रम सन्चालन हुनेछ । खोपको दोस्रो मात्रा लगाउन जाँदा पहिलो मात्रा खोप लगाउँदा दिइएको खोप कार्ड बोक्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal