
काठमाडौँ । प्रधानन्यायाधीश लोचेन्द्र शमशेर जबरा राजिनामा दिने मुडमा पुगेको बताइएको छ । सर्वोच्च अदालत र बाहिर चौतर्फी राजिनामा माग भइरहँदा जबरा अब यो भन्दा बढी बसियो भन्ने बदनामा हुने निष्कर्षमा पुगेको स्रोत बताउँछ ।
सर्वोच्च स्रोतका अनुसार प्रधानन्यायाधीशले केही राजनीतिक र अन्य मुद्धा ‘सेटिङ’ मा फैसला गरेको सार्वजनिक हुने र थप विवादित हुने निष्कर्ष निकालेका छन् ।
“चोलेन्द्र श्रीमान राजिनामा लिने मुडमा पुग्नुभएको छ, त्यो भन्दा पहिले केही मुद्धा हेर्ने उहाँको चाहना छ । अहिले राजिनामा नदिए थप कुरा सार्वजनिक हुने डर उहाँलाई छ” स्रोतले भन्यो । करिब एक दर्जन मुद्धा हेर्ने जबराको चाहना छ, जुन पहिले नै ‘डिल’ भएको स्रोतको दाबी छ ।
राजिनामा नदिए थप विवादित हुने र यसअघि भएका सेटिङमा भएका फैसला पनि सार्वजनिक हुने डर भएकै कारण जबरा उनी यो निष्कर्षमा पुगेको बताइएको छ ।
मन्त्रिपरिषद विवादमा भागवण्डा खोजेपछि विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्चकै अधिकांश न्यायाधीशको समर्थन छैन । यसअघि नै १४ न्यायाधीशले संयुक्त रुपमा निर्णय गर्दै राजिनामाको बाटो देखाएका थिए ।
नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका छन् । फुलकोर्टबाट विवाद साम्य गर्न तयार भएका सर्वोच्च र नेपाल बारका पदाधिकारीहरु अहिले भने राजिनामकै माग गर्न थालेका छन् ।
पूर्वन्यायाधीश समाजले शुक्रबार नै प्रधानन्यायाधीशलाई राजीनामा दिन आग्रह गरेर विज्ञप्ति जारी गरेको थियो भने केही वरिष्ठ कानुन व्यवसायीले पनि अनौपचारिक रुपमा राजीनामा मागेका छन् ।
यसैबीच चार पूर्वप्रधान्यायाधीशले पनि मागे जबराको राजीनामा माग गरेका छन् । सोमबार संयुक्त विज्ञप्ति निकालेर राजिनामा गर्न सुझाव दिएका छन् । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले न्यायालयमा देखिएका समस्याको सिर्जना प्रधानन्यायाधीशले नै गरेको भन्दै समाधानका लागि उनले नै जवाफदेहीता देखाउनुपर्ने बताएका छन् ।
संवैधानिक परिषदसम्बन्धी मुद्दाको सुनुवाइ रोकेको, सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रथा लागू गर्न नमानेको, कार्यकारी निकायसँग लेनदेनमा सहभागी भएको प्रधानन्यायाधीश जबरामाथि आरोप लागेका छन् ।