आज :

राजनीतिपछि संकट सर्वोच्चमाः प्रधानन्यायाधीश चोलेन्द्र एक्लिए, आउला त राजिनामा ?

काठमाडौँ । राजनीतिकपछि संकट सर्वोच्च अदालतमा सरेको छ । दुईपटक संसद ब्यूताएर राजनीतिलाई दिशा दिएका सर्वोच्च नै अहिले दिशाहिन भएको छ । परमादेशपछ् िगठन भएको सरकारले पूर्णता पाएसँगै सर्वोच्च अदालत विवादित तानियो ।

प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा कोटा खोजेको कुरा सार्वजनिक भएसँगै सर्वोच्च पनि विवादमा आएको हो । मन्त्रीको कोटा मागेको सार्वजनिक भएसँगै विपक्षीहरुले प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराको विरोध सुरु भएको थियो । अहिलेसम्म त्यसलाई उनलाई अस्वीकार गर्दै आएका छन् ।

मन्त्रिपरिषदमा भागबण्डा खोजेको भन्दै सर्वोच्च वारका केही वकिल र प्रतिपक्षी नेकपा एमाले निकट कानुन व्यवसायीहरुले सुरुमा विरोध जनाएका थिए । उनीहरुले स्वातन्त्र न्यायलयलाई बदनाम गरेको भन्दै प्रधानन्यायाधीशको राजीनामा समेत मागेका थिए । अहिले यो विवाद सर्वोच्च अदालतभित्रै पसेको छ ।

सर्वोच्च अदालतका बहुमत न्यायाधीशहरु प्रधानन्यायाधीशकै विपक्षमा उभिएका छन् ।

विवाद बढ्दै गएपछि प्रधानन्यायाधीशले आज सर्वोच्च बारसहित फुटकोर्ट बैठक बोलाए । जबराको यो निर्णयले झन् विवाद बढाउने मात्रै होइन उनलाई एक्लो पारिदियो । उनको निर्णयपछि सर्वोच्चका १४ न्यायाधीशले बैठक बसेर फुलकोर्टमा सहभागी नहुने निर्णय गरे । उनीहरुले आजका इजलास बहिस्कार गर्ने सक्ने समेत बताइएको छ ।

आज विहान ११ बजे न्यायाधीशहरूको बैठक बस्दैछ । इजलास बस्ने समयमा नै बैठक बोलाएकाले गम्भीर मोड लिएको छ । त्यस्तै आजका इजलास बस्ने–नबस्ने नै अनिश्चित छ ।

आइतबारको बैठकमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत, आनन्द मोहन भट्टराई र सुष्मालता माथेमा सहभागी थिए ।

यसैगरी न्यायाधीशहरू प्रकाश ढुंगाना, कुमार रेग्मी, हरि फुँयाल, बमकुमार श्रेष्ठ, टंक मोक्तान, मनोज शर्मा र नहकुल सुवेदी पनि आजको बैठकमा सहभागी भएका थिए ।।

बैठकमा उपस्थित कुनै पनि न्यायाधीशले राणाको डिफेन्ड नगरेको स्रोतले बतायो ।

न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र कुमार चुडाल उपत्यकाबाहिर छन् भने ईश्वरप्रसाद खतिवडा देशबाहिर रहेकाले उपस्थित हुन नसकेको स्रोतको दाबी छ । अनुपस्थित रहेकामध्ये पनि अधिकांशबाट साथ पाउने अवस्था नरहेकाले राणा सर्वोच्चमा एक्लिएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पद जोगाउनका लागि न्यायालयमाथिको संकटलाई विषयान्तर गर्न खोजेको भन्दै न्यायाधीशहरुले राजिनामा मागेका छन् । जबरा एक्एिपछि राजिनामा गर्ने वा एक्लै भएपनि अगाडि बढ्ने भन्ने निर्णयमा पुगिनसकेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal