आज :

प्रदेश नम्बर १ मा मुख्यमन्त्री आचार्यले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुँदै, बैठक सार्ने एमालेको प्रयास

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संसद सचिवालयमा दर्ता गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव आज पेश हुने भएको छ । आज बस्न लागेको प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठकमा सो प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्दैछ । मुख्यमन्त्री आचार्यले असोज २५ गते सचिवालयमा विश्वासको मत सम्बन्धी प्रस्ताव दर्ता गराएका थिए । भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव दर्ता गराएका थिए । शुक्रबार बस्ने बैठकमा सो प्रस्ताव टेवल गरेपछि छलफलको प्रकृयामा जानेछ । शुक्रबारको बैठकमा छलफल गरेर मतदान भने केही दिन पर सार्ने सत्ता पक्षको तयारी छ ।

बिहीबार बसेको बाग्मती प्रदेशको बैठकले विश्वासको मतसम्बन्धी छलफल भए पनि मतदान गर्ने मिति एक साताका लागि सरेको थियो । प्रदेश १ मा शुक्रबार प्रस्ताव टेवल गर्ने र छलफलपछि मतदानको मिति केही दिन पर सार्ने तयारी भएको हो । संसद सचिवालय स्रोतका अनुसार आइतबार मतदान हुनसक्छ ।

दल विभाजन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भए पनि मुख्यमन्त्री आचार्यले संसद छलेर धमाधम राजनीतिक नियुक्ति गरेका छन् ।

नेकपा एमालेले प्रदेश सरकार एक हप्ता लम्ब्याएर केही राजनीतिक नियुक्त गर्न चाहिरहेको छ । त्यसैले एमालेले आजको बैठक पनि एक हप्ता सार्न आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal