
काठमाडौँ । केही दिनदेखि भइरहेको बर्षाका कारण आएको बाढी र पहिरोमा परी ४८ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका अनुसार अन्य ३१ जना अझै हराइरहेका छन् । ज्यान गुमाउनेको संख्या अझै बढ्ने बताइएको छ ।
बाढी र पहिरोमा परी सबैभन्दा धेरै इलाममा ११ र डोटीमा ९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, हुम्ला, धनकुटा र पाँचथरमा ६–६ जनाको ज्यान गएको छ ।
गृहमन्त्रालयका अनुसार बैतडीमा ४, कालीकोटमा १, डडेलधुरामा १, प्यूठानमा १, सुनसरीमा २ र उदयपुरमा १ जनाको पनि ज्यान गएको छ ।
बाढी र पहिरोबाट प्रभावित सुदूरपश्चिमको बझाङ जिल्लामा मात्रै २३ जना रहेका छन् भने डोटीमा १, प्यूठानमा २, इलाममा ५ रहेका छन् । जना बेपत्ता छन् ।
बुधबार दिउँसोसम्म बाढी र पहिरोमा परी २३ जना घाइते भएका छन् । आज बर्षा पूर्वी नेपालतिर सरेको र केही दिन अझै भारी वर्षा हुने मौसमविदले बताएका छन् । त्यसैले अझै ठूलो जनधनको क्षति हुन सक्ने बताइएको छ ।