
काठमाडौँ । जनवादी गणतन्त्र कोरियाले आणविक क्षेप्यास्त्र हानेको छ । पटक पटक आणविक सफल परीक्षण गर्दै आएको उत्तर कोरियाले यो पटक परीक्षण नभएर प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।
केही दिन पहिले मात्रै अजेय सेना घोषणा गर्दै आफ्नो लडाइँ जापना र दक्षिणसँग नभएर अमेरिकासँग भएको घोषणा गरेको कोरियाले आणविक क्षेप्यास्त्र प्रहार गरेको हो ।
दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै दिइएको सो समाचारमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले सो क्षेप्यास्त्र हानेको छ र उक्त क्षेप्यास्त्र पूर्वी समुद्रको पानीमा खसेको बताएका छन् ।
सो क्षेप्यास्त्र दक्षिण कोरियाको पूर्वी सामुद्रिक तटमा खसेको अनुमान गरिएको छ । तर पनि अहिले नै सो ब्यालेस्टिक क्षेप्यास्त्र कति टाढासम्म मार हान्न सक्ने क्षमताको हो भन्ने बारेमा भने केही बताइएको छैन ।
यस क्षेप्यास्त्र परीक्षणको बारेमा उत्तर कोरियाले भने प्रारम्भिक रुपमा कुनै जानकारी दिएको छैन । कोरियाले त्यो के कस्तो हो र यसको शक्ति कति हो भन्ने बारेमा उसले कुनै पुष्टि गरेको थिएन ।
उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको बताइएको थियो । सो क्षेप्यास्त्र जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको जापानले जनाएको थियो ।