आज :

सेती नदीको बाढीले डुबानमा परेको ढुंगाड बस्तीको के छ पछिल्लो अवस्था ?

धनगढी । लगातारको बर्षासँगै सेती नदीमा आएको बाढीले डुबानमा परेको बैतडीको ढुंगाड बस्ती अहिले पनि सम्पर्क बाहिर छ । १० घर परिवारका कम्तिमा पनि ६० जना रहेको उक्त बस्तीको चारैतिर नदीको पानी छ ।

सिगास गाउँपालिका –५ को ढुंगाड बस्ती सोमबार रातीदेखि नेपाल टेलिकम र एनसेलको नेटवर्कले पनि काम गर्न छोडेको छ । बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीका अनुसार उक्त बस्ती सम्पर्क बाहिर गएपछि शिवलिङ प्रहरी चौकीबाट प्रहरीको टोली त्यसतर्फ लागेको छ । प्रहरी चौकीबाट ढुंगाड पुग्न करिब ५ घण्टा समय लाग्छ ।

प्रहरी ढुंगाड पुगेपछि मात्रै थप जानकारी हुने बताइएको छ । सोमबार राती नै ढुंगाडमा दर्जनौं घर डुबानमा परेका थिए । उक्त बस्तीमा पसेको बाढीबाट के कति क्षति पुगेको छ भन्ने कुरा यकिन हुन सकेको छैन ।

बैतडीमा सोमबार रातीदेखि विद्युत र टेलिकमको सेवा अवरुद्ध हुँदा जिल्लाको टेलिफोन सेवा अवरुद्ध बनेका कारण थप समस्या भएको छ ।

  • तस्विरः ललिता धामी

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal