
काठमाडौँ । साफ च्याम्पियनसिफमा उपविजेता बनेर राष्ट्रिय फुटबल आज स्वदेश फर्किएको छ । खेलाडीलाई सम्मानसहित प्रतिब्यक्ति पाँच लाख दिने सरकारले निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रतिव्यक्ति ५ लाख र प्रशिक्षकलाई प्रतिव्यक्ति ३ लाख दिने पनि सरकारले गरेको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
स्वादेश फर्किएका नेपाली खेलाडीहरुलाई मन्त्री गहतराजसहित मन्त्रालय र अखिल नेपाल फुटबल संघका पदाधिकारीले विमानस्थलमा सम्मान तथा स्वागत गरेका थिए ।