
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्यमा सुधार आएको छ । केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि किरणलाई आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
दम रोग पीडित किरणलाई समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको क्रान्तिकारी माओवादीले जनाएको छ । आइतबार नै किरणको छातीको परीक्षण गरिएको थियो । समस्या देखिएको भन्दै चिकित्सकहरुले अस्पतालमै भर्ना गरेर उपचार गर्नुपर्ने बताएका थिए ।
चिकित्सकको सल्लाहअनुसार नै किरणलाई अस्पतालमै भर्ना गरेर उपचार सुरु गरिएको थियो ।
पारिवारिक स्रोतका अनुसार किरणलाई सोमबार विहानबाट स्वास्थ्यमा केही सुधार आएको छ । तर, चिकित्सकको सुझावअनुसार केही दिन अस्पतालमै भर्ना गरेर उपचार गरिने बताइएको छ ।
- फाइल फोटो